बारा । महागढीमाई नगरपालिका १ स्थित पञ्चवर्षीय गढीमाई मेलामा ओमशान्ति शिविरको उद्घाटन गरिएको छ ।
ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैया बाराद्धारा आयोजना गरिएको १२ ज्योतिर्लिङ्ग दर्शन, चैतन्य झाँकी, कैलाश पर्वत दर्शन तथा प्रवचन कार्यक्रमको शनिवार एक कार्यक्रमको आयोजना गरि महागढीमाई नगरपालिकाका मेयर तथा पञ्चवर्षीय गढीमाई मेला संचालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले उद्घाटन गर्नु भएको हो ।
बलीमा विश्व प्रसिद्ध गढीमाई मेलालाई भव्य र सभ्य बनाउन सबैको सहयोगको अवश्यकता रहेको छ, उहाँले भन्नुभयो,‘ आ-आफनो तह तप्काबाट मेला भव्य र सभ्य रुपमा लगाउन मेला संचालन तथा व्यवस्थापन समितिले अपेक्षा राखेको छ । विश्व प्रसिद्ध मेलामा आउने भक्तजनहरुको सुविधाको लागि मेला संचालन तथा व्यवस्थापन समिति लागि परेको छ ।' भक्तजनहरुलाई कुनै किसिमको असुविधा नहोस् भनेर विभिन्न उपसमितिहरु निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
'ओम शान्तिले समाजका लागि राम्रो काम गर्दै आएको छ' उहाँले भन्नुभयो । स्वच्छ एवं स्वस्थ्य समाजका लागि ओमशान्तिले जहिले पनि महत्वपूर्ण योगदान दिँदै आएको उहाँले जानकारी दिनुभयो ।
शिविर मेला अवधि भर संचालन हुने ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कलैयाका प्रमुख मिना दिदीले बताउनुभयो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कलैया बाराको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता ब्रहमकुमारी राजयोग सेवा केन्द्र वीरगंजका क्षेत्रिय संचालिका रविना दिदीको रहेको थियो भने संचालन सुष्मा बहनले गर्नु भएको थियो ।
कार्यक्रममा पञ्च वर्षीय गढीमाई मेला संचालन तथा व्यवस्थापन समितिका प्रमुख प्रवक्ता परमहंश यादव, महागढीमाई नगरपालिका ५ का वडाध्यक्ष तथा मनोरंजन समितिका संयोजक गजेन्द्र प्रसाद जयसवाल लगायतको सहभागिता रहेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts