दाङ । दाङको चार लेन सडक घोराही तुलसीपुर सडक बिस्तार हुने भएको छ । घोराही तुलसीपुर सडक खण्ड चार लेनमा बिस्तार गर्नका लागि अर्थमन्त्रालयले झन्डै चार अर्व स्रोत सहमति दिएसंगै घोराही तुलसीपुर सडक बिस्तार हुने भएको हो ।
अहिले घोराही तुलसीपुरस डक खण्डको २१.५८ किलोमिटर सडक चार लेनमा बिस्तार गर्न अर्थमन्त्रालयवाट ३ अर्ब ९९ करोड ४९ लाखको बहुबर्षिय ठेक्काको स्रोत सहमतिका लागि सिफारिस गरि सकेको छ । सडक खण्ड बिस्तारका लागि मदर भण्डारी आयोजना निर्देशनालयबाट कार्यान्वय हुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भदौ २५ गते पत्राचार गरि राष्ट्रिय योजना आयोगलाई सोही कुरा लेखि पठाएको थियो । त्यसको आधारमा राष्ट्रिय योजना आयोगबाट भण्डारी राजमार्गको बजेटबाट कार्यान्वयन गर्ने गरि बहुबर्षे स्रोत माग गरिएको हुँदा बिनियोजन भएको बजेटबाटै आयोजना कार्यान्वयनका लागि अर्थले स्रोत सहमित पठाएको हो ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दिपेन्द्रबहादुर बिष्टले सडक खण्ड विस्तारको लागि मार्ग प्रसस्त भएको जानकारी दिनुभयो । अब लागत अनुमान तयार गरि स्वीकृत भइ सकेपछि ठेक्का लाग्ने छ । त्यसको प्रक्रियाको लागि झन्डै सय दिन लाग्ने उहाँले वताउनुभयो । खरिद प्रक्रियाको सुरुवात भएपछि निर्माण ब्यबसायी संग सम्झौता हुने र त्यसपछि काम हुने छ । यो सडक खण्ड २०७५ पुस १३ गतेबाट काम सुरू गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले कामको जिम्मा लिएको थियो ।
सम्झौतामा ३० महिनाभित्र सडक विस्तारको काम सक्ने संझौतामा थियो । तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटरसम्म सडक बिस्तार गर्न भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलर छुट्याएको थियो । तर, उस्ले सडक विस्तारको काम भनेको समय भन्दा धेरै पटक म्याद थप्दापनि पुरा गर्न सकेको थिएन । ६ बर्षसम्म जम्मा १० प्रतिशतपनि भौतिक प्रगति थिएन । त्यसपछि घोराही तुलसीपुर चार लेन सडक खण्डको सम्झौता नेपाल सरकारले २०८० जेठमा रद्द गरेको थियो । सोही बर्ष असोजमा आठ करोड खर्चेर भत्काइएको सडक फेरि पहिले जस्तै दुई लेनमा टालटुल पार्न दुई करोडमा ठेक्का भइ काम भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts