फापर खेती गर्नै छोडे किसान

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बागलुङको निसीखोला-४ का नरबहादुर घर्तीले बर्सेनी करिब १० मुरी फापर उत्पादन गर्नुहुन्थ्यो । तिते र मिठे गरि दुई जातका फापर उत्पादन गर्दै आउनु भएका घर्तीले तीन वर्ष यता यसको खती गर्न छोड्नु भएको छ । मकै फल्ने बारीमै लगाइने फापर आयातित खाद्यान्न प्रयोग बढ्दै गएपछि खेती हुन छोडेको हो । गाउँको पाखो बारीमै फलाउन सकिने भए पनि खनजोत गर्ने खेतालाको अभाव हुँदै गएपछि घर्तीले फापर खेती गर्न छोड्नु भएको हो ।

अचेल गाउँमै बसेर रैथाने बालीको खेती गर्ने किसानाको संख्या निकै कम छ । उन्नत जातका बिउभिजन प्रयोग गरेर खेतीपाती गर्न थालेपछि परम्परागत खेती प्रणाली फेरिनुका साथै रैथाने बाली लोप हुन थालेको उहाँको भनाइ छ । पहिले बारीमा फापर नलगाउने कोही नहुने भन्दै अहिले गाउँमै कसैले पनि यसको खेती नगर्ने बताउनुभयो । पहिले चामल ल्याउनका लागि हप्ता दिन लगाएर बुटवल पुग्नु पर्ने हुँदा गाउँमै फापर उत्पादन गर्ने गरेको भन्दै अहिले घर-घरै दोकान खुलेपछि रैथाने बाली उत्पादन गर्न छोडेको उहाँले बताउनुभयो ।

सिर्पालीले भन्नुभयो - “पहिले गाउँमा दुःख थियो, एक छाक खानका लागि धेरै काम गर्नु पर्थ्याे, बारीमा फापर, कोदो र मकै बाहेक अरु फल्दैनथ्यो, अहिलेको जस्तो चामल नपाएपछि आँटो, ढिडो र रोटीनै खानुको विकल्प थिएन, त्यही भएर खेती किसानी गर्न मान्छेहरु बाध्य थिए, अहिले अलिअलि पैसा कमाउने भएर गाउँ घरैमै चामलाका बोरा आउन थालेपछि कादो, फापर खेती किन गरुन् ?”

ADVERTISEMENT

व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन घट्दै गएपछि लोपन्मुख अवस्थामा पुगेको छ । फापरका परिकार उच्च रक्तचाप र सुगर (मधुमेह)का बिरामीका लागि उत्तम मानिने हुँदा बजारमा माग भने बढ्दो छ । बागलुङको निसेलढोर, उत्तरगंगा क्षेत्र, भल्कोट, खुङ्खा, तमान, स्याउला, हिल, तारा, बोबाङ लगायत उच्च क्षेत्रमा कोदो खेती गरिन्थ्यो । तमानखोला गाउँपालिका-२ का भक्तबहादुर सिर्पालीले पाँच वर्ष अगाडिसम्म आफूले करिब सात रोपनी जग्गामा फापर खेती गरे पनि अहिले छोडेको बताउनुभयो ।

“हाम्रो बाउ बाजेले फापरको आँटो, ढिडो र रोटी खायो भने तागत दिन्छ भन्थे, चामल कमै हुने हुँदा भात दसैँ तिहार र अरु चाडपर्वमा खाने गथ्र्यौँ, अहिले ढिडो खानलाई फापर र कोदो खेती हुन छोड्यो, बजारबाट चामल लिएर दिनकै भात खानु पर्छ” सिर्पालीले भन्नुभयो - “पहिले गाउँमा भात खाने उही धेरै खेत हुने हुन्थे, हामी त गाउँकमा माथि पट्ट बस्ने कोदो र फापर खेती गरेर आँटो ढिडो खान्थ्यौँ ।”

बागलुङमा अहिले ८५ हेक्टरमा क्षेत्रफलमा फापरको खेती हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । हरेक वर्ष बागलुङमा १२० मेट्रिकटन फापर उत्पादन हुने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?