काठमाडौं । छैटौं ‘डिस होम बाह्रखरी कथा लेखन प्रतियोगिता-२०८१’का लागि उत्कृष्ट २५ कथा चयन भएका छन् । बाह्रखरी कथालेखन प्रतियोगिता-२०८१ को मूल निर्णायक समूहका संयोजक प्राडा.ज्ञानु पाण्डे तथा सदस्यहरू डा.गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षिको टोलीले उत्कृष्ट कथा चयन गरेको हो ।
यस वर्षका उत्कृष्ट २५ मा पर्न सफल कथाका कथाकारहरूमा अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जितबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, धु्रव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक हुनुहुन्छ ।
त्यस्तै मीरमा, रमेशजंग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदीप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा.हिमलाल श्रेष्ठ रहनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता