धरान । धरानको धरान रंगशाला मैदानमा भएको ‘सुम्निमा पारुहाङ साँझ’मा गायक गायिकाको प्रस्तुतिा दर्शक झुमेका थिए । धरानमा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमा निर्माण अभियानका लागि गरिएको दोस्रो च्यारिटी कन्सर्ट ‘सुम्निमा पारुहाङ साँझ-२०८१’ हेर्न दर्शकको बाक्लो उपस्थिति थियो ।
कन्सर्टको सुरुवात धरानकी उदीयमान गायिका क्यामरिन माझी र उहाँको ब्यान्ड आरोहिजले हालै दिवंगत धरानका गायक तथा संगीतकार नवराम राईलाई श्रद्धाञ्जलि अर्पण गर्दै उहाँकै संगीत रहेको लोकप्रिय गीत ‘गुराँसको फेदमुनि’ प्रस्तुत गर्नुभउको थियो । त्यस्तै पहिलो नेपाल स्टार विष्णु चेम्जोङले द्रव्य ब्यान्डसँगै आफ्ना लोकप्रिय गीत ‘शान्ति लुकाऊँ कहाँ’, ‘याद’लगायत गीत गाउनुभएको थियो ।
युवापुस्तामाझ चर्चित पूर्ण राई एण्ड दाजुभाइको प्रस्तुतिले पनि दर्शकलाई नचाएको थियो । आफ्ना चर्चित गीत ‘मनका कुरा’, ‘कालो सेतो’, ‘तिम्रो माया उनान्सय’लगायत चर्चित गीत गाएर आफूसँगै दर्शकलाई उहाँले नचाउनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता