
काठमाडौं । अभिनय विधामा आधारित रहेर नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’ आउने भएको छ । यसका लागि केही महिनाअघि डिजिटल अडिशनको आहृवान गरिएको थियो । पछिल्लो समयसम्म ५०० बढीले भिडियोसहित आवेदन दिइसकेको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जनाएको छ ।
डिजिटल अडिशनबाट छनोट हुने हरेकलाई उनीहरूकै ठाउँमा गएर सहभागिताको प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । अब फिजिकल अडिशनमार्फत् २४ जनालाई छनोट गरेर प्रतियोगिता सुरु गरिने शोका निर्देशन विशाल भण्डारीले जानकारी दिनुभयो । शोको प्रशारण संस्था (टेलिभिजन) र निर्णायक (जज) भने केही दिनमा सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
‘एक्टिङ स्टार’मा भाग लिन इच्छुकले अझै मंसिर ३० गतेभित्र दुई मिनेटसम्मको प्रस्तुतिसहितको भिडियो पठाउन सक्नेछन् । यसका विजेताले नगद पुरस्कार राशीसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच