इजिप्टमा सफारी डुङ्गा डुब्दा १६ जना बेपत्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । इजिप्टको रेड सी प्रान्तका गभर्नर अमर हानाफीले समुन्द्रमा डुङ्गा डुब्दा चार इजिप्टियन र १२ विदेशी नागरिक अझै बेपत्ता रहेको बताउनुभएको छ । २८ जनालाई उद्धार गरिएको छ । उनीहरुको स्वास्थ्य स्थिति राम्रो रहेको बताइएको छ ।

रेड सी प्रान्तले सोमवार आफ्नो आधिकारिक फेसबुक पेजमा एक सफारी डुङ्गा लाल सागरको दक्षिणपूर्वी इजिप्टको तटीय शहर मार्सा आलमको उत्तरी तटमा डुबेको घोषणा गरेको छ ।

ADVERTISEMENT

हानाफीका अनुसार डुङ्गामा १३ इजिप्टियन र अन्य ११ देशका ३१ जनासहित ४४ यात्रु सवार थिए । जर्मनी, बेलायत, संयुक्त राज्य अमेरिका, पोल्याण्ड, बेल्जियम, स्विजरल्याण्ड, फिनल्याण्ड, चीन, स्लोभाकिया, स्पेन र आयरल्याण्डका नागरिक रहेको बताइएको छ । डुङ्गामाथि ठूलो समुन्द्री छाल आएर डुङ्गा पल्टेको प्रारम्भिक कारण भएको बताउनु भयो ।

  • सिन्ह्वाको सहयोमगा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?