काठमाडौं । युएसएडसँगको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवद्र्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गर्दै आएको कुमारी बैंकले मोरङको बेलबारी नगरपालिकामा उद्यमीहरूको व्यावसायिक विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले नगरपालिकासँगको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिकरूपमा उद्यमशीलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले सो अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको अभिनयसहितका सन्देशमूलक भिडियो, सचेतनामूलक सन्देश विकास गरी नियमितरूपमा प्रकाशन तथा प्रसारणसमेत गरिरहेको जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता