
काठमाडौं । बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरीय करदाता कार्यालयले सम्मान गरेको छ । मध्यमस्तरीय करदाता कार्यालयमा आयोजित करदातासँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मान गर्दै अन्य सम्पूर्ण करदातालाई पनि सिटी एक्सप्रेस जस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन आग्रह गर्नुभयो ।
करदातालाई कर इमान्दार भएर तिरिदिन कार्यालयतर्फबाट अनुरोध गर्दै उहाँले कर शिक्षा, बक्यौता असुली र आर्थिक ऐन २०८१ ले दिएका सुविधाबारे जानकारी गराउनुभएको थियो । सिटी एक्सप्रेसका अध्यक्ष टण्डनले कर तिर्नु करदाताको दायित्वमात्र नभएर कर्तव्य पनि भएको भन्दै सबैले पारदर्शीरूपमा कर तिरी समृद्ध नेपाल बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
मध्यमस्तरीय करदाता कार्यालयमा सिटी एक्सप्रेस, रेमिट्यान्स कम्पनीमध्ये सबैभन्दा बढी कर बुझाएपछि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको हो । आर्थिक वर्ष २०७९/८० को आय विवरणअनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच