दैलेख । दैलेखको दुल्लू नगरपालिका वडा नं १ गाडापानी भन्ने स्थानमा डुङ्गेश्वर बजारवाट दुल्लू जादै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका वडा नं १ बस्ने अन्दाजी १७/१८ वर्ष कि दीलमाया खड्का रहेकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
उक्त ट्याक्टर दुर्घटनामा परी दुल्लु नगरपालिका-५ का भरत रिजाल र नाम नखुलेकी १ जना महिला गम्भीर घाईते भएका छन । घाईतेहरुलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारको लागि लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
ट्याक्टर सडक वाट करिव २०० मिटर तल खसेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता