
काठमाडौं । मिस्टर वर्ल्ड-२०२४ को उपाधि पोर्टो रिकोका डेनियल मेजियाले चुम्नुभएको छ । शनिबार राति भियतनाममा भएको फिनालेमा मिस्टर वल्र्ड घोषित भएका हुनुभएको हो ।
पुरुष सौन्दर्य प्रतियोगितातर्फको यस प्रतिस्पर्धामा पोर्टो रिकोले पहिलोपटक उपाधि उचालेको हो । २८ वर्षीय डेनियल मेजिया गायक तथा मोडल हुनुहुन्छ ।
प्रतियोगितामा ७० देशका पुरुषहरूलाई पछि पार्दै उहाँ विजेता बन्नुभयो । गतवर्षका विजेता इंग्ल्याण्डका ज्याक हेस्लेउडले उहाँलाई ताज लगाइदिनुभयो ।
खेलकुदतर्फको विदामा उत्कृष्ठ बन्दै उहाँ टप २० मा पुग्नुभएको थियो । ‘ट्यालेन्ट कम्पिटिसन’को उपाधि पनि उहाँले नै जित्नुभएको थियो । नेपालका सन्तोष लेक्समले पनि प्रतिस्पर्धामा सहभागी हुनुभएको थियो । तर, उहाँ अन्तिम २० भित्रसमेत पर्न सक्नुभएन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच