मकवानपुर । मकवानपुरमा भिरबाट लडेर घाइते भएका युवकको मृत्यु भएको छ।
मनहरी गाउँपालिका-७ पेन्चे भिरबाट कैलास गाउँपालिका -२ छाङदुङ बस्ने प्रविन्द्र कुमार प्रजाको छोरा वर्ष १७ को पवन भन्ने पावल प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार आइतबार साझ ६ बजेको समयमा मनहरीबाट आफ्नो घर छाङदुङ तर्फ जाने क्रममा एक्कासी मनहरी गाउँपालिका- ७ पेन्चे भिरबाट अन्दाजी ५० मिटर तल मनहरी खोलामा लडि घाईते भएका थिए।
निजको आफन्तले थाहा पाई उपचारको लागी नँया मेडिकल कलेज भरतपुर चितवनमा लगी उपचार भईरहेको भन्ने खबर सोही अस्पतालमा खटिएको प्रहरी कर्मचारी मार्फत खबर प्राप्त हुना साथ प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप बुझ्दा घाईतेको अनुहारमा चोट, बोल्न नसक्ने, अवस्था गम्भिर रहेको थियो।
उपचारको क्रममा सोमबार दिउँसो १५:४० बजे समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी जानकारी दिएको छ ।
प्रजाको शव सोही अस्पतालमा रहेको प्रहरीले जानकारी दिएको छ।






