
इलाम – इलाम भित्रने पर्यटकहरुले फूल खरिद गर्ने क्रम बढेपछि इलाममा व्यवसायिक फूल खेती फस्टाएको छ । नेपाल र भारतका सहरबाट मौसमी र बेमौसमी फुलका विरुवाको माग बढेपछि इलाममा व्यवसायीक फूल खेतीमा आकर्षण बढेको हो ।
चार वर्षअघि फूल खेती सुरु गरेका इलाम नगरपालिका–७ का प्रविण श्रेष्ठको नर्सरीमा १० लाख बढी मुल्यका फूलका विरुवा छन् । अर्किट, इन्जेलिया, केमेलिया, धूपीलगायतका विभिन्न जातका फूलका बिरुवा श्रेष्ठको नर्सरीमा छन् । सोखका लागि रोपेको फूलको नर्सरी अहिले प्रविण श्रेष्ठको आम्दानीको मुख्य श्रोत भएको हो । इलाम सदरमुकामको भ्यु टावरमा बुद्धमाया सोङ्मीले ७ वर्षदेखि फूल व्यवसाय गर्दै आउनुभएको छ ।
‘ग्रिन हाउस’ निर्माण, फूलका बीउ र बिरुवा खरिद गरि सोङ्मीले शुरु गरेको ‘भ्यूटावर फूल नर्सरी उद्योग’ फूल उद्योगले चिनिन्छ । इलामका फूल नर्सरीका मुख्य ग्राहाक इलाम घुम्न आउने पर्यटक हुन् । घुम्नका लागि आउने पर्यटकले मुख्य कोसेलीका रुपमा फूल खरिद गर्दै आएको व्यवसायी प्रविण श्रेष्ठले बताउनुभयो ।
इलामका नर्सरीमा १५ रुपियाँदेखि १० हजार रुपियाँसम्मको फूल खरिद बिक्रि हुन्छ । नर्सरीमा सिजन अनुसारको फूल उत्पादन हुन्छ । फुल व्यवसायीहरुले मासिक ७० हजार रुपियाँसम्म आम्दानी गर्दै आएका छन् । फूल नर्सरीहरुमा तीन जनादेखि ५ जनासम्मले रोजगारी पाएका छन् । इलाममा उत्पादन भएको फूल काठमाडौँ, पोखरा र भारतको दार्जिलिङ्ग सहरमा बिक्रि हुने गरेको व्यवसायी संगिता प्रधानले बताउनुभयो ।
इलामको पशुपतिनगर, फिक्कल, गोदक, भन्ज्याङ, रक्से लगायतका बजारमा व्यवसायीक फुल खेती हुन्छ । फूल खेतीमा महिलाहरुको सहभागिता बढी रहेको फ्लोरिकल्चर एशोसिएसनकी रञ्जिता जिमि याख्खाले बताउनुभयो ।
व्यवसायीहरुले पर्यटकलाई केन्द्रित गरि फूल खेती गर्दै आएका छन् । फ्लोरिकल्चर एशोसिएसनले फुल खेती प्रवद्र्धका लागि नेपाली र बिदेशी प्रशिक्षक ल्याएर इलामका किसानलाई तालिम प्रदान गर्दै आएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच