टर्कीले आतंकवादी आरोपपछि दुई निर्वाचित मेयरलाई हटायो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । टर्की सरकारले अदालतको फैसलापछि पूर्वी प्रान्त टुन्सेलीमा प्रजातान्त्रिक रूपमा निर्वाचित दुई मेयरहरूलाई प्रतिस्थापन गरेको छ । टर्कीको आन्तरिक मन्त्रालयकाअनुसार टुन्सेली शहरका मेयर सेभडेट कोनाक र ओभाकिक जिल्लाका मेयर मुस्तफा सारिगुललाई आतंकवादी संगठनको सदस्य भएको आरोपमा ६ वर्ष तीन महिनाको जेल सजाय सुनाइएपछि पदबाट हटाइएको हो ।

पिपल्स इक्वालिटी एण्ड डेमोक्रेसी (डीईएम) पार्टीका तर्फबाट सेभदेत कोनाक र रिपब्लिकन पिपुल्स पार्टीबाट मुस्तफा सारिगुल मार्चमा भएको स्थानीय चुनावमा निर्वाचित भएका थिए ।

ADVERTISEMENT

उनीहरुको स्थानमा टुन्सेली प्रान्तीय गभर्नर बुलेन्ट टेकबियिकोग्लुलाई टुन्सेली शहरको कार्यवाहक मेयरको जिम्मेवारी दिइएको छ भने ओभाकिकका जिल्ला गभर्नर हुसेन सामिल सोजेनलाई ओभाकिकको कार्यवाहक मेयरको जिम्मेवारी दिइएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?