रोल्पा । मंसिर १६ गते हुने उप निर्वाचनमा रोल्पामा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । रोल्पाको रुन्टिगढि गाउँपालिकाको वडा न ४ को वडा अध्यक्ष पदको लागि हनुै निर्वाचनमा प्रमुख तीन राजनीतिक दलका उम्मेदवार बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
स्थानीयका अनुसार उप निर्वाचनमा वडा अध्यक्ष पदको लागि चुनावी मैदानमा आएका नेपाली काङ्ग्रेस , नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारहरु बीच कडा चुनावी प्रतिस्पर्धा हुने बताइएको छ।
वडा अध्यक्षका लागि नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका पूर्व शिक्षक भुपमणी पुन मगरले उप निर्वाचनको चुनावी प्रतिस्पर्धामा आफू सबैभन्दा बलियो उम्मेदवार भएको दाबी गर्नुभएको छ । आफुले लामो समयदेखि आफ्नो वडाको समग्र बिकासको लागि कसैलाई विभेद नगरी निस्वार्थ रूपमा समाजसेवा गर्दै आएको हुँदा आम वडाबासीहरुको मन जितेको उहाँको भनाई छ ।
मतदाताले निर्वाचनमा बिजयी गराउने कुरामा ढुक्क भएको उहाँले सुनायो भयो । यसैगरी नेकपा (एमाले)बाट वडा अध्यक्ष पदका लागि उम्मेदवार बनेका बेगम पुनले पनि आफुले लामो समय देखि आफ्नो गाउँठाँउको सेवा गर्दै आएकाले बिजयी हुनेमा ढुक्क भएको दाबी गर्नुभएको छ ।
यसैगरी नेकपा (माओवादी केन्द्र) पार्टीको तर्फबाट वडा अध्यक्ष पदका लागि उम्मेदवार बनेका नरेश जंग सिंहले पनि आफू जनताको सेवा र समाजको बिकासका लागि काम गर्दै आएको हुँदा आफुलाई मतदाताले बिजयी गराउनेमा ढुक्क भएको दाबी गुर्नभयो।
यसैगरी वडा अध्यक्ष पदका लागी उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी , मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार हरुले पनि आफ्नो पक्षमा चुनावी माहोल राम्रो रहेकाले आफुहरु पनि प्रतिस्पर्धामा रहेको बताउँदै आइरहनु भएको छ ।
यता स्थानीयका अनुसार वडा न ४ मा मुख्यत तीन राजनीतिक दल नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारहरु बीच चुनावी प्रतिस्पर्धा हुने छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा उक्त वडामा अध्यक्ष तथा वडा सदस्य सबै पदमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु बिजयी भएका थिए भने केही महिना अघि वडा अध्यक्षको मृत्यु भएको थियोे ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता