नेपाल र भारतबीच परम्परागत बहुआयामिक सम्बन्ध रहिआएको छ । आर्थिक, सामाजिक एवं सांस्कृतिक सम्बन्धको प्रगाढताका कारण यी दुई देश एकअर्काका निम्ति अभिन्न छन् । जनस्तरमा स्थापित सम्बन्धको प्रगाढताका कारण नेपाल-भारतबीच क्रान्तिको सम्बन्ध स्वतः कायम हुनगएको छ । भारतको स्वतन्त्रता आन्दोलनमा नेपालीहरूको सहयोग एवं सक्रियता तथा नेपालको राजनीतिक परिवर्तनमा भारतको सहयोग यसका उदाहरण हुन् । उपरोक्त सम्बन्धहरूका साथै नेपाल- भारतबीच प्रगाढ सैनिक सम्बन्ध रहेको यथार्थलाई पनि बिर्सन सकिँदैन । नेपाल–भारतले एकअर्का देशका प्रधानसेनापतिलाई ‘मानार्थ सेनापति’ को दज्र्यानी चिहृन प्रदान गर्ने परम्परा रहिआएको छ ।
दक्षिणी छिमेकी भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ को सम्मान प्रदान गरिनु यसैको उदाहरण हो । दक्षिणी छिमेकी भारतका स्थल सेनाध्यक्ष नेपालको पाँच दिवसीय मैत्रीपूर्ण भ्रमणमा नेपाल आएका छन् । उनको यस भ्रमणले दुई देशबीचको सैन्य सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै परस्पर विश्वासलाई बढाउने निश्चित छ ।
विगतमा भारतीय सेनाले नेपाली सेनाको संगठन पुनःसंरचनामा सघाएदेखि नै दुई देशबीचको सम्बन्धमा कहिल्यै चिसोपना देखिएन । २०७२ को महाभूकम्पपश्चात खोजी, उद्दार र राहतका लागि हेलिकप्टरसहितको जनशक्तिको सहयोग नेपाललाई प्राप्त भएको थियो । भूकम्पले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा भारत सरकारले ठूलो सहयोग गरेको हो ।
नेपाल-भारतबीच सन् १९५० देखि एकअर्कोदेशका सेना प्रमुखलाई ‘मानार्थ महारथी’ को दज्र्यानी चिहृन प्रदान गर्ने परम्परा छ । छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्र्द्रता कायम राख्न एउटा महत्वपूर्ण कडीका रूपमा भूमिका खेल्ने विश्वास गरिन्छ । सम्बन्धको संवेदनशीलता र महत्व राजनीतिभन्दा अलग छ । यो सम्बन्ध धेरै अघिदेखिको हो । पहिलो र दोस्रो विश्वयुद्धदेखि नै नेपाली युवाले गोर्खा सैनिकमा भर्ना भई योगदान दिइरहेका छन् ।
विगतमा भारतीय सेनाले नेपाली सेनाको संगठन पुनःसंरचना सघाएदेखि दुई देशबीचको सम्बन्धमा कहिल्यै चिसोपना देखिएन । विसं २०७२ सालमा नेपालमा आएको महाभूकम्प पश्चात् खोजी, उद्दार र राहतका लागि हेलिकप्टरसहितको जनशक्तिको सहयोग नेपाललाई प्राप्त भएको थियो । भूकम्पका कारण क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा भारत सरकारले ठूलो सहयोग गरेको हो । विसं २०७२ सालमा मधेस आन्दोलनका कारण सिमानाका अवरुद्ध हुँदा सीमा खुलाउने विषयमा पनि नेपाललाई सहयोग प्राप्त भएकै हो ।
राजनीतिक क्षेत्रबाट कुनै प्रश्न उठेमा सैनिक कूटनीतिका माध्यमद्वारा सम्बोधन गर्न सकिन्छ भने उदाहरणको रूपमा पनि यसलाई लिन सकिन्छ । भारतमा कार्यरत गोरखा सैनिक हाम्रो निम्ति एक किसिमले कूटनीतिक दूत हुन् । नेपाल-भारतबीच सैनिक तहमा स्थापित सम्बन्ध, सैनिक कूटनीतिकका क्षेत्रमा संसारका लागि एउटा सशक्त उदाहरण बनेको छ । नेपाल- भारतबीच सैनिक सम्बन्धमात्र नभई समानखाले सामाजिक, सांस्कृतिक, धार्मिक भाषिक, भौगोलिक अवस्थाले जनस्तरमा समेत गहिरो र विशिष्ट सम्बन्ध छ । यसले एकअर्काबीचमा सहयोग, सम्बन्ध र सम्पर्कलाई बलियो तुल्याएको छ ।
दुवै राष्ट्रका सैनिक संठनबीच विभिन्न तहमा तालिम, अभ्यास, भ्रमण आदान-प्रदान निरन्तर हुँदैआएका छन् । नेपाली फौज भारतमा र भारतीय फौज नेपालमा आएर गरिँदै आएको संयुक्त अभ्यासले विश्वमा विकास भइरहेको सैनिक रणनीति तथा अनुभव र ज्ञानको आदानप्रदानमा पनि योगदान पुर्याएको छ । भारतीय सेनामा नेपाली युवा कार्यरत रहनुले जनस्तरमा एक किसिमको आत्मीयता रहेको छ । यसले नेपाल-भारतबीच जनस्तरमा विशिष्ट तथा माथिल्लो स्तरको सम्बन्ध कायम राख्न मलजल गरेको छ । सैनिक संठनबीचको सम्बन्धलाई फलदायी बनाएको छ । प्राकृतिक विपत्ति र प्रकोपका समयमा तत्कालै सहयोग भारतबाट प्राप्त भइरहेको छ ।
दुवै राष्ट्रका सैनिक संठनबीच विभिन्न तहमा तालिम, अभ्यास र भ्रमण आदानप्रदान निरन्तर हुँदैआएका छन् । नेपाली फौज भारतमा र भारतीय फौज नेपालमा आएर गरिँदै आएको संयुक्त अभ्यासले विश्वमा विकास भइरहेको सैनिक रणनीति तथा अनुभव र ज्ञानको आदानप्रदानमा योगदान पुर्याएको छ ।
आणविक शक्ति सम्पन्न भारत अहिले आधुनिक हात हतियारले सुसज्जित विश्वको प्रमुख शक्तिशाली राष्ट्रहरूमध्येको एक हो । भारतीय सेनाको प्राथमिकतामा ठूला तथा शक्तिशाली देश पर्ने भए पनि नेपालको विकास समृद्धि तथा नेपाली सैनिकको क्षमता अभिवृद्धिलाई भारतले उत्तिको प्राथमिकतामा राखेको छ । दक्षिण एशियाकै पुरानो संगठन नेपाली सेना अन्तर्राष्ट्रियस्तरमा जानकार, साहसिक, व्यावसायिक अनुशासित रहेको भन्ने छिमेकी भारतको बुझाइ छ । भारत हरेक किसिमले नेपाली सेनालाई सहयोग गर्न तयार रहेको देखिन्छ । प्रत्येक देशका सेनाको पहिलो कर्तव्य भनेको राष्ट्रिय तथा स्वाधीनताको संरक्षण र संवद्र्धन गर्नु हो ।
मुलुकको परराष्ट्र नीतिमा पनि राष्ट्रिय सुरक्षालाई सम्द्धर्बन र प्रबद्र्धन गर्ने भनेको छ भने राष्ट्रिय सुरक्षा नीतिले सैनिक कूटनीतिलाई मिल्दो रूपमा संरक्षण गर्ने भन्ने उल्लेख छ । नेपाल–भारतका फौजले सैनिक कूटनीतिका माध्यमबाट जुनसुकै समस्या र उठेका प्रश्न हल गर्न सकिन्छ भन्ने विगतका घटनाबाट पुष्टि भइसकेका छन् । नेपाल-भारतबीच सन् १९५० पछि एकअर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथीबाट विभूषित गर्ने परम्परालाई विश्वका अन्य कतिपय देशहरूले पनि छिमेकीबीचको असल अभ्यासको रूपमा हेर्ने गरेका छन् । छिमेकीबीचमा अटल सैनिक सम्बन्ध विस्तारमा यस्तो संस्कृतिको ठूलो भूमिका हुने गर्दछ । आपसी सहमतिमा नेपाली सेनालाई क्षमता अभिवृद्धिका लागि तालिम र भौतिक सामग्री बेग्लै विधिद्वारा उपलब्ध गराउँदै आएको छ ।
नेपाली सेनालाई आवश्यक पर्ने सैन्य रणकौशल, अप्रेसनल र रणनीतिक तहका व्यावसायिक तालिममध्ये राष्ट्रिय प्रतिरक्षा तालिममा भारतले उपलब्ध गराउने कोटामा नेपाललाई प्राथमिकता दिँदै आएको छ । नेपाल-भारतीय सेनाबीचको सहकार्यलाई अघि बढाउने सन्दर्भमा दुवै मुलुकबीच नियमित बैठक हुँदै आएका छन् । नियमित रूपमा एकअर्का देशमा हुँदैआएको ‘अभ्यास सूर्य किरणले’ पछिल्ला वर्षमा सैनिक संगठनबीचको सम्बन्ध सुदृढ तुल्याउन कोशेढुंगाको काम गरेको छ । दुवै देशका सैनिक सम्मिलित ‘माउण्ट एभरेष्ट’ आरोहण पनि विगतमा भएको थियो ।
दुई देशका सैनिकबीचको निरन्तर सम्पर्क, भ्रमणको आदानप्रदान र सहकार्यले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने गरेको छ । दक्षिणी छिमेकी भारतमा केहीअघि लागू गरिएको ‘अग्निपथ’ नामक नयाँ सैनिक भर्ना अभियानमा नेपाली युवाहरूको सहभागिता भएको छैन । अब यसले निरन्तर पाउने अपेक्षा गरिन्छ । हुन पति नेपाली युवाहरू रुस र युक्रेनको अवैध सैनिकको रूपमा काम गर्दै आफ्नो ज्यान गुमाइरहेका छन् । केही युवाको शव पनि नेपाल आउन सकेन । भारतीय सेनामा काम गर्न नेपाली गोरखाहरू त्यहाँ मान, सम्मान र समुचित तलब सुविधा प्राप्त गरिरहेका छन्, तसर्थ भारतीय सेनामा नेपाली गोरखा भर्ती अविलम्ब सुरु गरिनुपर्छ । भारतीयस्थल सेनाध्यक्षको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगााढ नै बनाउनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता