
काठमाडौं । अष्ट्रियन कलाकार मारियाना के मेजर रोमन मारिया मुरले नेपालमा प्यान्टोमाइम प्रस्तुत गरेका छन् । पाटन म्युजियममा आयोजना गरिएको कार्यक्रममा मुरले प्यान्टोमाइम प्रस्तुत गरेका हुन् । प्यान्टोमाइम कलाकारको अनुहारको भाव र शारीरिक हाउभाउमार्फत कथा प्रस्तुत गरिन्छ ।
कला र संस्कृतिको माध्यमबाट दुई देशबीचको सम्बन्ध प्रगाड बनाउने तथा नेपाल र अष्ट्रियाबीचको आपसी समझदारीलाई अझ बलियो बनाउने उद्देश्यले नयाँ दिल्लीस्थित अस्ट्रियन दूतावासले उक्त कार्यक्रम आयोजना गरेको हो ।
‘कूटनीति, राजनीतिक र आर्थिक सम्बन्धमात्र होइन, सांस्कृतिक आदानप्रदान, समझदारी निर्माण र मुलुकहरूबीचको मित्रताको सवलीकरणबाट यो फष्टाउँछ’, नेपालका लागि अष्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच