लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेबीच भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार भएको भेटवार्तामा लुम्बिनी प्रदेशको विकास र समृद्धिमा स्विस सरकारले गर्दै आएको सहयोगको बारेमा छलफल भएको थियो ।
मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भर हुने चरणमा रहेकाले यो अवधिमा दातृ निकायहरुको साथ सहयोग आवश्यक पर्ने भन्दै पूर्वाधारदेखि सामाजिक क्षेत्रको विकासमा सहयोग आवश्यक परेको बताउनुभयो ।
‘प्रदेश स्थापना भएर कार्यान्वयनमा आएको भर्खरै ७ बर्ष भएको छ । प्रदेश आत्मनिर्भरताको बाटोमा छ । सबै प्रकारको साथ सहयोग जरुरीछ ’ उहाँले भन्नुभयो स्वीस सरकारले गर्दै आएको सहयोगलाइ प्रदेश तहमा निरन्तरता दिन अझै जरुरी छ । झोलुंगे पुल निर्माण, पक्की पुल निर्माण होस । प्राविधिक सहयोगलाई अझै निरन्तरता दिन आवश्यक छ ।’
लुम्बिनी प्रदेश भित्र मानसिक स्वास्थ, मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको समस्या उच्च रहेकाले ती समस्या समाधान गर्न पनि साझेदारी गर्न प्रदेश सरकार तयार भएको जानकारी गराउनु भयो । यसका साथै लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना निर्माण गरेरको र अब त्यसलाई मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लगिने मुख्यमन्त्री आचार्यले जानकारी गराउनु भयो ।
हाल स्वीस सरकारको सहयोगमा बर्दिया जिल्लामा मात्रै मानसिक स्वास्थ तथा मनोसामाजिक सेवा कार्यक्रम लागू भएको छ । यो कार्यक्रमलाई प्रदेशका सबै जिल्लामा केन्द्रित गर्न आग्रह गर्नु भयो । मुख्यमन्त्री आचार्यले राखेको प्रस्ताव प्रति राजदुतले सकारात्मक प्रतिक्रिया दिनु भएको भेटमा सहभागी मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रामबहादुर राउतले जानकारी दिनुभयो । प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा रणनीतिक योजना निर्माण गरेकोमा राजदुत डानियल मेउल्ली मोन्टेलोने सरकार प्रति बधाई ज्ञापन गर्नु भएको छ ।
भेटमा राजदुत संगै वरिष्ठ राजनैतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा बासकोटा, सीएमसी नेपालका प्राविधिक निर्देशक डा।पशुपति महत, प्रादेशिक संयोजक हिमाल गैरे सहितको टोली सहभागी थियो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements