
एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीले सन् २०१३ मा एक टिभीमा वञ्चित वर्गलाई लिएर विवादित वयानमा ‘क्लिन चिट’ पाउनुभएको छ । यो विषयलाई लिएर राजस्थानमा उहाँविरूद्ध एफआइआर दर्ता गरिएको थियो । उक्त केस हालसम्म चलिरहेको थियो ।
अब यस मामिलामा राजस्थान हाइकोर्टका तर्फबाट शिल्पा शेट्टीले ‘क्लिन चिट’ पाउनुभएको हो । कोर्टले आदेशमा यस मामिलामा शिल्पा शेट्टीका विरूद्ध कुनै प्रमाण नभेटेको बताएको छ ।
शिल्पाका वकिल प्रशान्त पाटिलले यस मामिलामा अभिनेत्री शिल्पाले पहिलै सार्वजनिकरूपमा माफी मागेको बताउनुभएको छ । उक्त अन्तर्वार्तामा अभिनेता सलमान खान पनि हुनुुहुन्थ्यो । तर, सलमानको नाम केसमा सामेल थिएन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच