काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सेन्सई ब्राण्डले दशैँ, तिहार र छठ पर्व योजनामा सहभागीमध्ये भाग्यशाली विजेतालाई ६५ इन्चको टिभी हस्तान्तरण गरेको छ । सेन्सेइको ३२ इन्च टिभी खरिद गर्दै योजनामा सहभागी भएका सिन्धुलीका कोमलबहादुर खत्रीले ६५ इन्च टिभी जित्नुभएको हो । यस वर्षको चाडबाड योजनाअन्तर्गत बहुसंख्यक ग्राहकमध्येबाट भाग्यशाली विजेतालाई ६५ इन्चको युएचडी टिभी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । सेन्सेइ ब्राण्डले उत्सव खुसियाली योजना भदौ २३ गतेदेखि नेपालभर सीमित अवधिका लागि लागू गरेको थियो । चौधरी ग्रुपअन्तर्गत सेन्सेइ ब्राण्डले टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर बिक्री गर्दै आएको छ ।
यसैबीच चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ । नयाँ थप टिभीले नेपालमा उपलब्ध एलजीको उन्नत टेलिभिजन मोडेलको दायरा बढाएको छ, जसमा ३२ इन्चदेखि ८६ इन्चसम्मका ओएलइडी टिभी, क्युएनइडी टिभी, युएचडी टिभी र स्मार्ट टिभी समावेश भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एलजीको नानोसेल टिभीमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्बिरको गुणस्तरमा क्रान्ति ल्याएको छ । अनावश्यक प्रकाश सोसेर नानोसेलहरूले चित्रको गुणस्तरको ह्रास कम गर्नुका साथै सुस्त वा धमिलो नगरी बोल्ड, जीवन्त रङ प्रदान गर्छ । आइपिएस प्रविधियुक्त नानोसेल डिस्प्लेले टोनहरूको दायरा विस्तार गर्छ ।
एलजी नानोसेल टिभीले नेपाली बजारमा नवीनतम स्मार्ट टेक्नोलोजी पनि ल्याएको छ, जसमा वेबओएस २४, एलजी थिनक्यु र अमेजन अलेक्सा, एप्पल एयरप्लेलगायतका लोकप्रिय प्लेटफर्महसपोर्ट गर्दछ । गेम अप्टिमाइजर, इन्टेलिजेन्ट भ्वाइस रिकग्निसन र म्याजिक रिमोट जस्ता अतिरिक्त सुविधाका साथ यी टिभीहरूले आधुनिक नेपाली घरपरिवारको विविध आवश्यकता पूरा गर्ने कम्पनीको दाबी छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा