
सर्लाही । नेपालकी यु-१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई सर्लाहीको ईश्वरपुुरमा भव्य स्वागत गरिएको छ ।
नेपालको महिला क्रिकेट इतिहासमा एउटा महत्वपूर्ण उपलब्धि हासिल गर्दै पूजा महतोको नेतृत्वमा नेपालले पहिलो पटक २०२५ को आईसीसी यु–१९ महिला टी–२० विश्वकपका लागि छनोट प्राप्त गरेको छ ।
हालै युएईविरुद्धको निर्णायक खेलमा उनको उत्कृष्ट कप्तानीमा नेपाललाई विश्वकपमा स्थान दिलाउन महत्वपूर्ण भूमिका निभाएकी थिइन्।
यो सफलता नेपाल महिला क्रिकेटको लागि ऐतिहासिक मानिएको छ र यो महिला क्रिकेटको समग्र प्रगतिको प्रतीक बनेको छ । ईश्वरपुर नगरपालिकाले पूजा महतोलाई सम्मान गर्दै दोसला ओढाएर कदर-पत्र प्रदान गरेको छ ।
नगर प्रमुख मनोज आचार्यले पूजालाई व्यक्तिगत रूपमा ३१ हजार रुपैयाँ नगद पनि प्रदान गर्नुभयो । यस स्वागत समारोहले स्थानीय युवाहरूमा ठूलो उत्साह र प्रेरणा थपेको छ । नगर प्रमुख आचार्यले कार्यक्रमको क्रममा भन्नुभयो, 'हामी पूजा महतोको सफलता र प्रयासलाई उच्च सम्मानका साथ स्वागत गर्दैछौं। उनी हाम्रो क्षेत्रको गर्व हुन् र उनको कड़ी मेहनत र समर्पणले सबैलाई प्रेरित गरेको छ।’
कार्यक्रममा नारायण माविमा आयोजित संमान कायक्रममा सांस्कृतिक कार्यक्रम र ¥यालीसहित स्थानिय जनप्रतिनिधि, स्थानीय खेल प्रेमी र समर्थकहरूले पूजा महतोलाई सम्मान गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच