काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणका लागि भूमिपूजा सम्पन्न गरेको छ । भवन आगामी नौ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।
भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखाका साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकतम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिने बताइएको छ । बैंक सञ्चालक समिति अध्यक्ष राजेश उपाध्यायले भूमि पूजन गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता