झापा । झापामा फुटबलको स्तर बढाउने, खेल पर्यटनको विकास गर्ने उद्देश्यका साथ झापा ११ फुटबल क्लबले पूर्वमा ठूलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । स्थापनापछि क्लबले क्लबले दोस्रोपटक प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो ।
मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको तयारी थालेको प्रतियोगिता सञ्चालन समितिका संयोजक केशवराज दाहालले बताउनुभयो ।
क्वलका महासचिव गणेश पोखरेलका अनुसार प्रतियोगितामा नेपालका चर्चित टिम र भारतका दुईदेखि तीन टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ । उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ ।
अखिल नेपाल फुटबल संघ ( एन्फा ) को आयोजनामा ११ वर्षअघि काठमाडौँमा सम्पन्न एन्फा कपमा पहिलो पटकको सहभागितामा नै ए डिभिजन क्लबहरुलाई पराजित गर्दै झापाली टिम च्याम्पियन बनेको थियो ।
सोही बेलादेखि झापालाई फुटबल हब बनाउने लक्ष्यका साथ क्लबले काम सुरु गरेपनि कोरोना महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण लक्ष्य प्राप्तिमा गतिरोध उत्पन्न भएको थियो । क्लबका अध्यक्ष जलकुमार गुरुङले क्लबले विगतको योजना त्यागिनसकेको स्पष्ट पार्नुभयो ।
क्लबले फुटबल एकाडेमी नै सञ्चालन गर्ने योजना अघि सारेको थियोे । डोमालाल राजवंशी रंगशालालाई गुणस्तरीय र सुविधा सम्पन्न बनाउने क्लबको कार्ययोजनामा थियोे ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts