
काठमाडौं । चलचित्र ‘ह्रस्व-दीर्घ’मा अभिनय गर्नुभएका दक्षिण भारतीय अभिनेता प्रदीप रावत नेपालमा हुनुहन्छ यतिबेला । ‘गजनी भिलेन’ भनेर चिनिने अभिनेता रावत आइतबार साँझ नेपाल आइपुग्नुभएको हो । उहाँ श्रीमतीसहित काठमाडौं आउनुभएको हो ।
उहाँको नेपाली दर्शकसँग विभिन्न हलमा पुगेर साक्षात्कार गर्ने कार्यक्रम रहेको चलचित्रका निर्देशक चन्द्र पन्तले जानकारी दिनुभयो । यसैक्रममा उहाँले कमलपोखरीस्थित बिग मुभिजमा चलचित्र हेर्नुभएको छ । रेगुलर शोमा चलचित्र हेर्दै उहाँले दर्शकसँग साक्षत्कारसमेत गर्नुभएको थियो । चारदिने भ्रमणमा नेपाल आउनुभएका उहाँले सोमबार बिहान पशुपतिको दर्शन गर्नुभएको थियो । प्रदीप यसअघि चलचित्रको छायांकनका लागि गत पुषमा नेपाल आउनुभएको थियो । यसमा उहाँको महत्वपूर्ण भूमिका छ । चलचित्रमा प्रदीपलाई देवधामको आदर्श पात्रको रूपमा चित्रित गरिएको छ । चलचित्रमा अभिनेत्री नीता ढुंगानाको बुबा बनेर अभिनय गर्नुभएको छ उहाँले ।
‘पूर्णबहादुरको सारंगी’को दबदबाबीच सिनेमाघरमा आएको ‘ह्रस्व-दीर्घ’ले पहिलो दिन डेढ सय शो पाएको थियो । विजय बराल मुख्य भूमिका रहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले तेस्रो सातामा पनि आक्रामक व्यापार गरिरहेको छ । जसकारण ‘ह्रस्व-दीर्घ’को शोमा असर परेको देखिन्छ । तर, प्राप्त शोमा अकुपेन्ची शतप्रतिशत देखिन्छ । चलचित्रले पहिलो दुई दिनमै उत्कृष्ट व्यवसाय गर्दै सुखद् ओपनिङ गरेको थियो । कात्तिक ३० गते शुक्रबारदेखि प्रदर्शनमा आएको यो चलचित्रले अघिल्ला दुई दिन निकै आक्रामक व्यवसाय गरेको थियो । आइतबार पनि दर्शकहरूको राम्रो साथ थियो । चलचित्रले दर्शकबाट उत्कृष्ट वर्ड अफ माउथसमेत पाउन सफल भएको छ ।
प्रदीपले हिन्दी, तमिल, तेलुगु, मलायलम, कन्नड, बंगाली, भोजपुरीलगायत विभिन्न भाषाका चलचित्रमा काम गर्नुभएको छ । उहाँलाई दर्शकमाझ चिनाएको चलचित्र भने ‘गजनी’ हो । यसमा उहाँ नकारात्मक भूमिकामा देखिनुभएको थियो ।
शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्रले राम्रो व्यापार गरिरहेको निर्माण पक्षको दाबी छ । यस चलचित्रमा दक्षिण भारतीय चर्चित हास्य अभिनेता ब्रहृमानन्दमको पनि अभिनय छ । चलचित्रमा नीतासहित हरिहर अधिकारी, ब्रहृमानन्दम, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ । ६ करोड लगानीमा बनेको भनिएको यस चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिच्नुभएको हो ।
यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशकका रूपमा काम गर्नुभएका पन्तको यो नेपाली चलचित्रमा डेब्यु निर्देशन हो । यो चलचित्र नेपालीसहित तेलुगु र हिन्दी गरी तीन भाषामा निर्माण भएको छ ।
चलचित्रले शुक्रबार र शनिबार दुई करोड ग्रस व्यापार गरेको छ । आइतबारको व्यवसाय आउन बाँकी रेहेको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । चलचित्रले पहिलो दुई दिनमै उत्कृष्ट व्यवसाय गर्दै सुखद् ओपनिङ गरेको हो । कात्तिक ३० गते शुक्रवारदेखि प्रदर्शनमा आएको यो चलचित्रले अघिल्ला दुई दिन निकै आक्रामक व्यवसाय गरेको थियो । आइतबार पनि दर्शकहरूको राम्रो साथ थियो । चलचित्रले दर्शकबाट उत्कृष्ट वर्ड अफ माउथसमेत पाउन सफल भएको छ, जसका कारण सिनेमा हलमा यो चलचित्रप्रति दर्शकको आकर्षण बढिरहेको छ ।
चलचित्रका वितरक मनोज राठीले शुक्रबारका बिहानी शोबाटै उत्साहजनक व्यापारको सुरुवात गरेको चलचित्रको व्यावसायिक रफ्तार शनिबार दिनभर पनि उस्तै रहेको बताउनुभयो । पर्याप्त शो नहुँदा धेरै दर्शकहरू टिकट नपाएर फर्केको उहाँको दाबी छ । त्यसो त निर्मात्रीसमेत रहनुभएकी अभिनेत्री नीता ढुंगानाले समेत चलचित्रले आक्रामक व्यापार गर्दा पनि शनिबार सिनेमा हलहरूले शो नथपिएको गुनासो गर्नुभएको थियो ।
शनिबार काठमाडौं उपत्यकाका क्युएफएक्स विभिन्न हल, बिग मुभिज, वान सिनेमाज, एफक्युब सिनेमाजलगायत हलमा दर्शक प्रतिक्रिया बुझ्न सिनेमाको निर्माण टिम पुगेको थियो । चलचित्रको टिम हल पुग्दा दर्शकले ताली र सिटीले स्वागत गर्दै ‘ह्रस्व-दीर्घ’को दोस्रो भागको डिमाण्ड गरिरहेका गरिरहेका थिए । लेखक तथा अभिनेता हरिहर अधिकारीले यो चलचित्रले काठमाडौंभित्र तथा बाहिर पनि आक्रामक व्यापार गरिरहेको बताउनुभयो ।
‘पूर्णबहादुरको सारंगी’को दबदबाबीच सिनेमाघरमा आएको यस चलचित्रले पहिलो दिन डेढ सय शो पाएको थियो । विजय बराल मुख्य भूमिका रहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले तेस्रो सातामा पनि आक्रामक व्यापार गरिरहेको छ । जसकारण ‘ह्रस्व–दीर्घ’को शोमा असर परेको देखिन्छ । तर, प्राप्त शोमा अकुपेन्ची शतप्रतिशत देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच