नवलपरासी । संविधान सभा सदस्य एवम् नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले सहकारी पीडितको पैसा फिर्तालाई राज्यले प्रमुख एजेन्डा बनाउनु पर्ने बताउनु भएको छ ।
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको ३२ औं साधारण सभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै खनालले सहकारीमा सदस्यहरुले बचत र शेयरको रुपमा राखेको पैसाको ग्यारेन्टी राज्यले लिनु पर्ने धारणा राख्नु भयो ।
खनालले राज्य यो त्यो नभनी छानबिन गर्नु पर्नेमा जोड दिँदै दोषी देखिएमा उनीहरुको सम्पतिबाट असुल उपर गरि सहकारीको रकम उठाउनु पर्ने धारणा राख्नुभयो । सहकारीमा ऋण लिने बित्तिकै ठग भन्ने भास्य निर्माण भएको उल्लेख गर्दै खनालले सहकारीमा नियम अनुसार शेयर सदस्य बन्ने, नियम अनुसार कर्जा लिने र कर्जाको सदुपयोग गरी कर्जाको सावा भुक्तानी गर्नेले नै सहकारीमा ठुलो योगदान गर्ने शेयर सदस्य भएको खनालको भनाइ छ ।
सहकारी क्षेत्रप्रति आम धारणा सुधार्न र यसको विश्वसनीयता कायम गर्न नियमको पालना र सुदृढ व्यवस्थापन अपरिहार्य रहेको खनालले बताउनु भयो ।
सभामा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले नीति र विधिमा नचलेका सहकारीहरुमा समस्या आएको बताउनु भयो । 'अहिले सहकारी निति विधि र प्रबिधिले चल्नु पर्छ । निति र बिधिमा चलिरहेका सहकारीहरु राम्रोसङ्ग चलिरहेको छन । केहि सहकारीहरु नीति बाहिर चलेको र अहिले तिनिहरुमा समस्या देखिएको छ ।' श्रेष्ठले भन्नुभयो ।
बर्दघाट ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईं, पुर्व अध्यक्ष बालाकृष्ण लम्साल, निर्वतमान सञ्चालक बालिन्द्र बिक्रम शाहीले बोल्दै जनकल्याण साकोसको बित्तीय अवस्था हेर्दा सस्था बलियो रहेको उल्लेख गर्दै संस्थाले शेयर सदस्य केन्द्रिय सेवा र कर्जा लगानी गर्दा उत्पादनशिल क्षेत्रमा लगानी बढाउनु पर्ने धारणा राख्नु भयो ।
सभामा शेयर सदस्यहरु कमला जिसि, शिवाकुमारी भट्टराई, मनमाया चौधरी, लक्षमण कुमार पाण्डे, गिरीराज पाण्डेलगायतले बोल्दै दोहोरो सदस्यता, मृत्यु राहत कोष, सहकारी सम्बन्धि तालिम दिने, शेयर लाभन्स, कर्जा सुरक्षण कोष र सहकारीको सुरक्षा, नेतृत्व बिकास, मोबाइल एप्स लगायतका बारेमा जिज्ञासा राख्नु भएको थियो ।
उत्कृष्ट शेयर खरिद कर्ता, असल ऋणी सदस्य महिला र पुरुष, उत्कृष्ट जेष्ठ नागरिक बचत कर्ता पुरुष र महिला, त्यस्तै उत्कृष्ट शेयर सदस्य वृद्धिगर्ने प्रत्येक सेवा केन्द्रबाट ५र५ जना गरि ३० जना लाई सम्मान गरिएको छ । उत्कृष्ट सुझाब कर्ता पुर्व अध्यक्ष नहिन्द्रबहादुर क्षेत्री, वासा बसही सेवा केन्द्र अन्तरगत चन्द्रकान्त तिवारी, उत्कृष्ट कर्मचारीहरुमा गोपिगन्ज सेवा केन्द्र प्रमुख रेखा शाही र मुख्य कार्यालयमा कार्यरत राजेश चौधरी सम्मानित हुनु भएको व्यवस्थापन यमलाल खरेलले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष कुलदिप आचार्यले जनकल्याण साकोस नीति र बिधिमा कहि कतै नचुकेको बताउनु भयो ।
संस्था सचिव चेत नारायण भण्डारीले प्रस्तुत गर्नु भएको प्रतिबेदन संस्थाले गत आर्थिक बर्षमा गरेका निर्णय र कार्य प्रस्तुत गर्नुभयो । साथै उहाँले आगामी चालू आर्थिक बर्षको लागी सस्थाले लिएका निति तथा कार्यक्रमहरु समेत सभामा पेस गर्नु भएको थियो ।
त्यस्तै संस्थाका कोषाध्यक्ष बामदेव अधिकारीले सस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीले शेयर रकम करिब ९ प्रतिशतले वृद्धि, कुल कारोबारमा करिब १७ प्रतिशतले वृद्धि, कुल बचतमा करिब २० प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो ।
बर्दघाट, भटौलिया, गोपिगन्ज र बासा बसही गरि ४ वटा सेवा केन्द्रबाट १० र १० जनाका दरले प्रतिनिधि बनाइ सास्थाको मुख्य कार्यालयमा प्रतिनिधि मुलक साधारण सभा गरिएको संस्थाका सुचना अधिकारी बिमलचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
३२ औं बार्षिक साधारण सभामा सचिब चेत नारायण भण्डारीको बार्षिक प्रगती प्रतिबेदन, कोषाध्यक्ष बामदेव अधिकारीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन, लेखा सुपरिवेक्षण समिती संयोजक बिनोद खनालले प्रस्तुत गर्नु भएको प्रतिबेदन, गत आर्थिक बर्षको लेखा परिक्षण प्रतिबेदन सर्वसम्मत पारित भएको घिमिरेले बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts