रारा विमानस्थलमा नियमित उडान नहुँदा सर्वसाधारणलाई सास्ती

निर्पेन्द्रबहादुर मल्ल

मुगु । दशैं र तिहार सकिएपछि पनि रारा विमानस्थल ताल्चाबाट नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् ।

समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स, र सीता एयरका उडानहरू नियमित नहुँदा बिरामी, विद्यार्थी र अन्य कामले जिल्ला बाहिर जानुपर्ने स्थानीयहरू समस्यामा परेका हुन ।

रारा विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालका अनुसार केही दिन अघि सबै हवाई जहाजहरू पूर्वी क्षेत्रतर्फ पर्यटक ओसार्न व्यस्त भएका कारण रारा विमान स्थलका उडानहरू प्रभावित भएका छन् । कर्णाली राजमार्गको यात्रा कठिन र जोखिमपूर्ण भएकाले यहाँका बासिन्दाले हवाई यात्रालाई सहज र सुरक्षित मान्ने गर्दछन् ।

विकल्पकाे रूपमा मात्र सतही मार्ग राेज्ने मुगुका नागरिकहरू कर्णाली राजमार्गमा धेरै पटक दुर्घटना भइसकेकोले गाडीकाे यात्रा सुरक्षित नभएका कारण बाध्यताले मात्र यात्रा गर्ने गर्दछन् । कैयौँले ज्यान गुमाइसकेकाे अवस्थामा यहाँका जनतालाई हवाई सेवा नै सुरक्षित विकल्प बनेको छ ।

ADVERTISEMENT

स्थानीयबासीहरूले हवाई कम्पनीहरूलाई रारा विमानस्थलमा नियमित उडान सुचारु गर्न आग्रह गरेका छन् ।

मुगु पर्यटकिय जिल्ला भएकाले बिगतमा दैनिक जसाे उडान भैरहने भएपनि पछिल्लाे समयमा उडान अनियमित हुँदा जिल्ला बाहिर जाने बिरामी, विद्यार्थीलगायत अन्य समस्यामा परेका छन् । सबै जहाजहरूले रारामा हप्तामा एउटा दुईटा उडान भर्दै आएका छन् ।

नेपाल कै ठूलो र गहिरो ताल रारा घुम्न आउने प्रायः पर्यटकहरु स्थल मार्गबाट रारा पुग्ने र केही दिन रारा क्षेत्रमा घुमेर हवाइ मार्गबाट फर्कने गर्दै आएका थिए । नियमित उडान नहुँदा रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरु पनि प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?