काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराकाे सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुले घुस लिई भ्रष्टाचार गरेको आराेपमा आरोपपत्र दायर गरेकाे छ ।
अधिकृत कानुले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले रु.७८,०००।- (अठहत्तर हजार रुपैयाँ) घुस बापतको रकम लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयाे ।
अनुसन्धानको क्रममा अधिकृत कानुले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग रु.७८,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टी हुन आएकोले निज वीरेन्द्र प्रसाद साह कानु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.७८,०००।–(अठहत्तर हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको हाे ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा