सिँजामा निःशुल्क कानको स्वास्थ्य शिविरबाट २५९ जना लाभान्वित

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा संचालन भएको एकदिने कान सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरबाट २५९ जना लाभान्वित भएका छन् ।

गाउँपालिकाको आयोजनाको र विएन अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा बुधबार भएको निःशुल्क कान सम्बन्धी स्वास्थ्य शिविरमा जम्मा बिरामी २५९ जना मध्ये पुरुष १३६ र महिला १२३ जनाले सेवा लिएको सिँजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिनुभयो ।

कानको शल्यक्रियाको लागी छनोट भएका बिरामी जम्मा ४८ जना, महिला २१ जना, पुरुष २७ जना रहेकाछन् । कानमा मेसिन प्रयोग गर्नु पर्ने ११ जना, कानको जालीमा सुन्न सक्ने क्षमता चेकजाच ८१ ज्ना र फोहोर काने गुजी तथा अन्य सफा गरेको जम्मा १५० जनाले उक्त स्वास्थ्य शिविरबाट सेवा लिएको स्वास्थ्य शाखाका प्रमुख रोकायाको भनाइ छ ।

ADVERTISEMENT

२५९ जना विरामीलाई औषधि समेत वितरण गरेको सिंजा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँमै दक्ष चिकित्सकबाट कानको उपचार पाउँदा यहाँका स्थानीयवासिलाई निकै राहत पुगेको सिँजा गाउँपालिका-३ का स्थानीय नुन्नु उपाध्यायले बताउनुभयो ।

वरिष्ठ कान स्वास्थ्य अधिकृत राम वहादुर बोहोराले एकदिने शिविरमा धेरै मात्रामा कानमा फोहोर भएका र कानमा हरेक वस्तु पसेका विरामी भेटिएका छन् । कानको सुरक्षा, सरसफाइमा ध्यान नदिनाले यस्ता विरामी भेटिएका हुन ।

मानव शरिरको सम्वेदनशिल अंगमध्ये कान पनि एक अंग भएकाले कानलाई सुरक्षित राख्न र कानमा जस्तो सुकै समस्या आएमा कानलाई कोट्याउने, तेल हाल्ने, थुक हाल्नेलगायतका घरेलु औषधी उपचारतर्फ नलाग्ने कानमा समस्या देखा परेमा नजिकैको स्वास्थ संस्थामा गएर चेकजाँच गराउनु पर्ने बताउनुभयो । सिंजा रहेक गाउँ बस्तीमै पुगेर निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?