सर्लाही । तराई–मधेसमा यो वर्ष कात्तिक महिनादेखि नै बाक्लो हुस्सु लाग्न थालेको छ । सामान्यत कात्तिक महिनामा गडिलो शीत नपर्ने र काम नगर्ने परम्परा रहेको छ। पछिल्ला दिनमा हुस्सुका कारण बिहान र बेलुकी जाडो बढेको छ।
बिहान सबेरै सवारी साधन बत्ती बालेर सञ्चालन गर्नुपर्ने अवस्था छ । दिउँसो पनि घाम कमजोर देखिएको छ। चिसोको प्रभावले स्थानीयहरू अहिले नै जाडोको लुगा लगाउन थालेका छन्।
यसले कृषि पनि प्रत्यक्ष असर गरेको छ । असोज महिनामा परेको पानीले खेतबारी चिसो भएका कारण किसानहरू हिउँदे बाली लगाउन ढिलाइ भइरहेको छ। गहिरा खेतमा चिसोले बीउ कुहिने डरले मकै, तोरी, गहुँ, आलस, र तरकारी जस्ता बाली समयमै लगाउन समस्या भइरहेको किसानहरूले बताएका छन्।
चिसोले कृषि उत्पादनमा प्रभाव पर्ने देखिएकाले किसानहरू बालीको सुरक्षाको उपाय खोजिरहेका छन्।







