सर्लाही । नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ आज सर्लाहीको लालबन्दीमा पुगेको छ।
नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीको संयोजनमा १० बुँदे एजेण्डासहित सुरु भएको यो यात्रा लोकतन्त्र, विधिको शासन, युवा हकहित, र जनअधिकारका लागि ऐक्यबद्धता जनाउँदै समृद्ध नेपालको निर्माणमा युवाहरूलाई प्रेरित गर्न लक्षित छ।
आजको कार्यक्रममा सर्लाही र रौतहटको संयुक्त आयोजनामा लालबन्दी–७ बजारमा विशेष कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूले सांगीतिक प्रस्तुति दिए। नेपाल तरुण दलका पूर्वमहामन्त्री शाहीले नेतृत्व गरेको यात्राले युवाहरूलाई उद्यमशील बनाउन, कृषिको आधुनिकीकरणमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्न, र देशको आर्थिक अवस्थालाई सुधार गर्न कांग्रेसले महत्वपूर्ण कदम चाल्नुपर्ने धारणा अघि सार्नुभएको छ। कार्यक्रममा सर्लाही क्षेत्र नम्बर १ का कांग्रेस सभापति हरि बहादुर लुङ्गेलीले यात्रा र कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भएको थियो।
सर्लाहीको कार्यक्रम सम्पन्न गरेर यात्रा पश्चिमतर्फ लागेको नेपाली कांग्रेसका युवा नेता युुवराज देवकोटाले जानकारी दिनुु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts