सर्लाही । मोरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय लालबन्दीले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन्। शाखा कार्यालय लालबन्दीका शाखा प्रमुख समीर घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी प्रमुख अतिथि हुुनुहुन्थ्यो ।
संस्थाको आफ्नै प्राङ्गणमा सम्पन्न कार्यक्रममा मोरो माइक्रो फाइनान्सका प्रदेश प्रमुख रामकिशोर प्रसाद कुसवाहालगायतको उपस्थिति रहेको थियो। आयोजकले वार्षिकोत्सवलाई सामाजिक सेवामार्फत अर्थपूर्ण बनाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिएको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts