काठमाडौं । मण्डला थिएटरमा नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन भएको छ । केदार श्रेष्ठ निर्देशित यो नाटक थापागाउँस्थित मण्डला थिएटरमा शनिबारबाट मञ्चन सुरु भएको हो । नाटकको लेखन तथा परिकल्पनाकार निर्देशक केदार नै हुनुहुन्छ । नाटकमा मेनुका प्रधान र कर्मा शाक्यलगायतको अभिनय छ ।
नाटक आगामी मंसिर १६ गतेसम्म नियमित मञ्चन हुने निर्देशक श्रेष्ठले जानकारी गराउनुभयो । दयाहाङ राईको निर्माण एवं मण्डला थिएटरको प्रस्तुति रहेको नाटकमा मानव जीवनको संवेदना सहअस्तित्व, प्रेम र दम्पतीको सन्तान प्राप्ति चाहनामा विषयवस्तु बनाइएको छ । नाटकमा दम्पतीको सन्तान प्राप्तिको चाहना र त्यससँगै आएका जटिलतालाई समेटिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा