कालीकोट । कालीकोटको पलाता गाउँपालिका- ३ राडूनेटामा भएको जिप दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
प्रदेश अस्पताल सुर्खेतमा सल्यानका ४५ वर्षीय चालक धनिराम रावतको मृत्यु भएको हो । पलाँता दुर्घटनामा घाइते चालक रावतसहित १३ जनालाई उपचारका लागि हेलिकप्टरमा कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएकोमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुर्घटनामा यसअघि ६ जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाँया शाही तथा पलाँता–३ का दमन रोकाया छन् ।
यस्तै दुर्घटनामा घाइते हुनेहरुमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, पलाता–५ का दोली विक र आयुशा विक, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया रहेका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दानबहादुर, निर्मला, जगत दोली र आयुशाको पनि अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो साढे २ बजे १९ जना यात्रु लिएर पलाँता गाउँपालिकाको खिनबाट थिुर्पू जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो गाडी दुर्घटना भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता