
दाङ । पहिलो दिन ११ क्विन्टल धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले दोस्रो दिन करिब एक सय क्विन्टल धान खरिद गरेको छ ।
खाद्यले सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३४ सय १० रुपैयाँका दरले धान खरिद गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो ।
धान खरिदका लागि स्थानीय तहसँग सम्झौता गरेको खाद्यले यो वर्ष गढवा गाउँपालिकासँगै राप्ती राजपुर गाउँपालिका, लमही नगरपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिकामा धान खरिद गर्ने तयारी गरिरहेको छ । खाद्यले एक जना कृषकबाट बढीमा ४० क्विन्टल धान खरिद गर्ने जनाएको छ । धान खरिद गर्दा चिस्यान १८ प्रतिशतभन्दा कम, बाह्य पदार्थ मिश्रण दुई प्रतिशत भन्दा कम, टुक्रेको बिग्रेका दानाको मिश्रण पाँच प्रतिशतभन्दा कम भएको हुनु पर्नेछ । सबै धान एकनासको, नभिजेको सफा, किरारहित, ढुसी नपरेको हुनु पर्ने प्रमुख सुनारले बताउनुभयो । खाद्यले जिल्लामा यस वर्ष आठ हजार क्विन्टल धान खरिद गर्ने छ । केही वर्ष अघि जिल्लामा धान खरिद गर्न रोकेको खाद्यले यस वर्ष धान खरिद गर्ने निर्णय गरेको हो ।
यसैविच राप्ती गाउँपालिका दाङले आफ्नो पालिकाभित्र धेरै धान उत्पादन गर्ने कृषकलाई सम्मान गर्ने भएको छ ।
आर्थिक वर्ष को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ‘खाद्य (धान) बाली बढी उत्पादन गर्ने किसानलाई सम्मान’ कार्यक्रम सञ्चालन गर्ने भएको हो । सम्भवतः यस प्रकारको कार्यक्रम जिल्लामै पहिलो हो । जिल्लामा अन्य पालिकामा यस प्रकारको कार्यक्रम सुरु भएको छैन ।
कार्यक्रममा सहभागी हुन इच्छुक किसानलाई आवेदन दिन समेत पालिकाले आह्वान गरेको थियो । पालिकाले गत असोज ८ गते सूचना प्रकाशित गरेर असोज २२ गतेसम्म निवेदन माग गरेको थियो । यसरी माग गरिएपछि १६ जना कृषकले निवेदन दिएको पालिकाका कृषि शाखा अधिकृत प्रदीप खत्रीले जानकारी दिनुभयो । कार्यक्रमका लागि कम्तिमा पाँच कट्ठा जग्गामा धान खेती गरेको हुनु पर्ने मापदण्ड तोकिएको छ । निवेदन परेका कृषकको कृषि शाखाका कर्मचारीले निगरानीमै धान भित्राएका छन् । निवेदन परेका कृषकको फिल्डमा गएर कृषि शाखाका प्रतिनिधिको रोहवरमा धान भित्राएको कृषि शाखाका अधिकृत खत्रीले बताउनुभयो ।
‘निवेदन परेका सबैको रेकर्ड लिएका छौँ, उत्कृष्ट कृषकको निर्णय भइसकेको छैन’, उहाँले भन्नुभयो, ‘केही दिनमा निर्णय गर्ने छौँ ।’ कृषकलाई प्रोत्साहन गर्नका लागि यस प्रकारको कार्यक्रम सञ्चालन गर्न थालेको बताउनुभयो । नयाँ कार्यक्रमले कृषकलाई थोरै भए पनि कृषि पेसामा लाग्न प्रोत्साहन मिल्ने पालिकाको अपेक्षा छ । कृषकलाई प्रोत्साहन गरे उत्पादनमा समेत वृद्धि गर्न सकिने पालिकाले जनाएको छ । खाद्यान्नलाई प्रोत्साहन गर्न नीति गाउँपालिकाले लिएको जनाएको छ ।
उत्कृष्ट कृषकलाई गाउँपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरेर सम्मान गर्ने जनाएको छ । पालिकाले प्रथम हुने कृषकलाई १२ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई आठ हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच