सर्लाही । इलाका प्रहरी कार्यालय हरिवनको हिरासतबाट शनिबार दिउँसो एक थुनुवा फरार भएका छन्। बरहथवा नगरपालिका-९ मूर्तियाका रामअयोधी मुखिया प्रहरी नियन्त्रणबाट भागेका हुन्।
सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र बहादुर सिंहका अनुसार फरार थुनुवा लागूऔषध मुद्दामा पटक-पटक पक्राउ परेका अभियुक्त हुन्।
अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएका मुखिया कसरी भाग्न सफल भए भन्नेबारे छानबिन भइरहेको छ।
“थुनुवा फरारको घटनामा संलग्न हुन सक्ने आशंकामा इलाका प्रहरी कार्यालय हरिवनका हिरासत व्यवस्थापन अधिकृतसहित चार जना सुरक्षाकर्मीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर अनुसन्धान सुरु गरिएको छ,” एसपी सिंहले बताउनु भयाे।
फरार थुनुवालाई पक्रिन प्रहरीको टोली परिचालन गरिएको र चाँडै नियन्त्रणमा लिने दाबी पनि एसपी सिंहले गर्नुभयाे ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts