अहिलेको माहोल सहकारी ठगी प्रकरणले निकै तातेको छ । सहकारी पीडितभन्दा पीडक हरूको हाउभाउ हेर्न लायक छ चाहे त्यो रविको पक्षमा होस् वा अन्य कुनैको पनि । दुर्भाग्य सहकारी पीडित हरू आवाजविहीन जस्तै निरीह देखिएका छन् । पुराना पार्टी हरूबाट जनताले राहत पाउनुको सट्टा आहात्त भए भनी राजनीतिमा उदाएका युवा हरूले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले आफैं विवादमा फसेको छ । यद्यपि रास्वपा सभापति रवि लामिछाने भने फसेको नभई फसाइएको भन्ने दाबी गरिरहेको अवस्था छ । तर, यो सहकारी ठगी धन्दा भने उच्च तहबाट भएको हुनाले सर्वसाधारणले बुझ्न कठिन बन्दै गरेको छ । त्यसो त राज्य लोककल्याणकारी राज्यको सिद्धान्तअनुरूप चल्नुपर्नेमा ठीक त्यसको उल्टो रूप देखिनु दुःखद् कुरा हो ।
परम्परावादी राजनीतिक शक्ति हरू चाहे लोकतान्त्रिक हुन वा वामपन्थी वा पुरातनवादीवादीको वैकल्पिक शक्तिको रूपमा युवा हरूको विशेष पहलमा जन्म लिएको रास्वपा जनताको आशा र भरोसाको केन्द्रबिन्दु बन्न पुगेको थियो । छोटै समयमा पुराना रैथाने पार्टी कांग्र्रेस–कम्युनिष्टलाई झस्काएको थियो । रास्वपाले जसरी जनताका आवाज मुखरित गरेर आएको थियो, त्यसबाट पुराना राजनीतिक शक्ति हरू झस्किएका मात्रै थिएनन् तर्सिएका पनि थिए । यही क्रममा रास्वपाका सभापति रवि लामिछानेको खुट्टा तान्ने औजारको रूपमा गोर्खा मिडिया प्रा.लि.लाई प्रयोग गर्ने मौका भेट्टाए । रवि लामिछानेका दुई-दुईवटा नेपाली नागरिकता र राहदानीसमेत दुईवटा भएको तथ्य खुल्न आयो ।
आज देशको महारोग नै भ्रष्टाचार हो । राजनीतिक नेतृत्वमा सदाचारिताको अभावमा भ्रष्टाचार मौलाएको छ । यो भ्रष्टाचार रूपी रोगले मुलुक आक्रान्त छ । सुशासन भन्ने कुरा एउटा कोरा कल्पना मात्र बन्न पुगेको अवस्थामा नागरिकहरू निराशाको चाक्रब्युहबाट उम्कन सक्ने स्थिति देखिँदैन ।
सहकारी सञ्चालक गितेन्द्रबाबु (जिबी) राईसँग मिलेर गैरकानुनी ढंगले सहकारीका सर्वसाधारणका सञ्चिती रकम अपचलन गरेको सुइँको पाएपछि रास्वपाको उदयले तिल्मिलाउन लागेका कांग्र्रेस एमाले त्यो मौका किन छोड्थे र रवि लामिछानेमाथि अनुसन्धानको डण्डा चलाइहाले । आफूमाथि अनुसन्धानको डण्डा चल्ने थाहा पाएपछि सभापति रविले पनि आफ्नो सम्पूर्ण शक्ति मानौं आफ्नै गोजीकै जस्तो गरी प्रतिरक्षामा उतारे पनि ।
तर, त्यो प्रयत्न त्यति फलदायी हुन सकिरहेको छैन यद्यपि प्रयत्न भने जारी नै देखिन्छ । रास्वपाका नेता कार्यकर्ता सडकमा उतार्न उपयुक्त थियो थिएन त्यो बहसको विषय भए पनि झट्ट हेर्दा त्यो कार्य शोभनीय थिएन । यस मानेमा शोभनीय थिएन कि भ्रष्टाचारसम्बन्धी मामिलालाई सडकबाट प्रभावित पार्न खोज्नु निश्चय पनि सुहाउने कुरा थिएन र होइन पनि । यसकारण रास्वपा पनि उनै पुराना पार्टी हरूकै पद चिहृनमा हिँड्न सिक्दै रहेछ भन्न करै लाग्छ ।
आज देशको महारोग नै भ्रष्टाचार हो । राजनीतिक नेतृत्वमा सदाचारिताको अभावमा भ्रष्टाचार मौलाएको छ । यो भ्रष्टाचार रूपी रोगले मुलुक आक्रान्त छ । सुशासन भन्ने कुरा एउटा कोरा कल्पनामात्र बन्न पुगेको अवस्थामा नागरिकहरू निराशाको चाक्रब्युहबाट उम्कन सक्ने स्थिति देखिँदैन । मुलुकलाई भ्रष्टाचारको चक्रब्युहबाट फुत्काउन विशेष प्रतिबद्ध संगठित शक्ति आवश्यक देखिन्छ । बरू पानी पिएर बाँच्न तयार हुनुपर्छ तर अनैतिक र भ्रष्टाचार गर्ने छैन भन्ने प्रतिबद्धताका साथ काम गर्ने टिम बनाउनुपर्ने हुन्छ । अहिलेको आवश्यकता भनेको त्यस्तो हो । त्यसको लागि नयाँ पुराना सबै पुस्ताका नागरिक हरू स्वतःस्फूर्त भएर तम्तयार रहन सक्नुपर्छ ।
स्वतन्त्रताको आन्दोलन, प्रजातन्त्र पुनस्र्थापना हुँदै गणतन्त्रसम्म आइपुग्दाका ती कठोर दिन हरू आज यति चाडै बिर्सेर किन कांग्रेस-कम्युनिष्ट हरू देश लुट्न लागे ? पञ्च हरू त निर्देशित सुशासन व्यवस्थाका कारिन्दा थिए जे आदेश आउँथ्यो त्यही पालना गथ्र्यो उनी हरूलाई भन्नु केही थिएन । तर प्रजातन्त्र वा गणतन्त्रमा त जनता नै सर्वेसर्वा वा सार्वभौम छन् । सार्वभौम नागरिकले सार्वभौमसत्ताको उपयोग आमजनताको सर्वोपरी हितमा काम गर्न छोडेर लुटततन्त्रमा डुबुल्की मार्नु निसन्दह सुहाउने कुरा होइन । आमनेपालीको शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूति दिलाउने व्यवस्था नै लोकतन्त्र हो । जहाँ नागरिकका मौलिक अधिकारसमेत सुरक्षित रहन्छन् ।
यस्तो सुन्दर व्यवस्थालाई आज जनताका नजरमा कुरूप बनाइँदै छ । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको यो कुरूपले गर्दा केही मानिसहरू लोकतान्त्रिक प्रणालीको विकल्पतिर लाग्दै गरेको आभाष पाइन थालेको छ । यसर्थ यस्तो सुन्दर लोकतान्त्रिक व्यवस्थाको विकल्प होइन सुदृढीकरणतर्फ लाग्नु आधुनिक युगको लागि उपयुक्त मार्ग हो । गद्दिच्युत राजा ज्ञानेन्द्र शाहको सलबलाहटले उनीमा पुनः निरंकुश राजा बन्ने सपना नदेखेका होलान् भन्ने सकिने अवस्था छैन । दल हरूको अराजकता, असमझदारी र असहिष्णु व्यवहारले लोकतान्त्रिक व्यवस्थाप्रति सर्वसाधारण नागरिकमा वितृष्णा र घृणा देखापर्दै गरेको अवस्थालाई ध्यानमा राख्नैपर्नेछ ।
यो विषय निकै गम्भीर प्रकृतिको छ । विगतका परिवर्तन हरू पनि शुरुका दिनमा ख्यालख्याल जस्तै ठान्दथे तत् तत् कालका शासक हरूले तर ती प्रस्तावित परिवर्तन हरू त भइछाडेको हामीले देख्नुपर्यो । त्यस कारण सडकमा आएका र सार्वजनिक भएका जनआवाजलाई अन्डरस्टमेट गर्नु पनि अर्को भूल हुनेपक्का छ । वर्तमान अवस्थामा युवा हरू अर्थात नयाँ पुस्ताको राजनीतिमा विशेष चासो देखाएको पाइन्छ । तर, त्यस्तो चासो स्वार्थरहित र सुशासन उन्मुख हुनुपर्छ । अहिले देखिएको सडक आवाजमा फलानोले भ्रष्टाचार गर्यो हामीले गर्न नहुने भन्ने खालको आभाष पाइनु दुर्भाग्यपूर्ण छ । युवा पुस्ताको राजनीति प्रवेशले केही आशा जगाए पनि रास्वपा सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणमा जुन ढंकले प्रस्तुत भएका छन् त्यसले पनि निराश नेपालीलाई उत्साहित गराउन सक्ला जस्तो देखिएन ।
सहकारी ठगी प्रकरणमा ठग हरूमाथि कारबाही अघि बढाउँदा सडकमा उर्लिएको ठूलो जमातले सहकारी पीडितलाई न्याय दे ठग हरूलाई कारबाही गर भन्नुपर्नेमा उल्टो दिशामा लागेको पाइनु उचित मानिएको छैन । सहकारी ठगी केसमा पक्राउ परेकालाई पूर्वाग्रहरहित ढंगले छानबिन तथा अनुसन्धान होस्
सहकारी ठगी प्रकरणमा ठग हरूमाथि कारबाही अघि बढाउँदा सडकमा उर्लिएको ठूलो जमातले सहकारी पीडितलाई न्याय दे ठग हरूलाई कारबाही गर भन्नुपर्नेमा उल्टो दिशामा लागेको पाइनु उचित मानिएको छैन । सहकारी ठगी केसमा पक्राउ परेकालाई पूर्वाग्रहरहित ढंगले छानबिन तथा अनुसन्धान होस् र बाँकी ठग हरूलाई अलिबम्ब पक्राउ गरी सहकारी पीडितलाई न्याय दे भन्नुपर्नेमा पीडितलाई न्याय गर पक्राउ परेकालाई रिहाई गर भन्नु कति न्यायोचित हो ? यहीँनेर युवा अर्थात् नयाँ पुस्तामाथि पनि पूर्ण विश्वास गर्ने ठाउँ देखिँदैन । भन्नु के पथ्र्यो भने रवि लामिछानेमाथि पनि अनुसन्धान प्रक्रिया अघि बढा साथसाथै भ्रष्टाचारका अन्य मुद्दाहरूको पनि तेरोमेरो नभनीकन कारबाही गर भनी दबाब दिनुपथ्र्यो ।
त्यहीँनेर युवा पुस्ता चुकेको हो कि भन्ने ठाउँ भेटिन्छ । देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ यसमा दुईमत नै छैन । यस्तो अवस्थामा भ्रष्टाचारको निर्मूलीकरण गर्नुको कुनै विकल्प छैन । पूर्णतया निर्मूल गर्न नसके पनि कम्तीमा न्यूनीकरण त नगरी धरै छैन । पुराना पुस्ता वा पुराना पार्टी हरूबाट आशातीत उपलब्धि गर्न नसकिने देखेपछि नयाँ पुस्ताप्रति केही आशा गरिएको थियो र बहुसंख्यक नेपालीले साथ पनि दिएका थिए । अझै पनि नयाँ शक्तिको रूपमा उदाएको रास्वपाप्रति झिनो आशा छ तर सहकारी ठगी प्रकरणमा सडकमा जे देखियो त्यसले कतै त्यो झिनो आशा पनि मर्ने त होइन भन्ने चिन्ता छाउन थालेको छ र भनिँदै छ नयाँ पुस्ताले पनि उनै पुराना हरूकै बाटो पछ्याउने त होइनन् ? अहिले यही चिन्ताले पिरोलिइरहेको अवस्था छ नेपाली हरूमा ।
तसर्थ म नै सर्वेसर्बा भन्ने चिन्तनबाट नयाँ अर्थात् युवा पुस्ता मुक्त हुन सक्नुपर्छ । अनि मात्र बिधिको शासनको निष्पक्ष र स्वतन्त्र कार्यान्वयनको बाटो खुला हुन्छ । एउटा व्यक्ति चाहे जतिसुकै ठूलो पद धारण गरे पनि निज उपर कुनै अभियोग लागिसकेपछि स्वतन्त्र छानबिनका लागि सहज वातावरण बनाइदिनु सबैको कर्तव्य हो । स्वतन्त्र न्याय प्रक्रियालाई सडकबाट प्रभावित गर्न खोज्नु निःसन्देह राम्रो कुरा होइन । यो यथार्थतालाई मनन गरी नयाँ वा युवा पुस्ताले सामाजिक दायित्व बहन गर्नेतर्फ लाग्नुपर्ने देखिन्छ । अन्यथा ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखान प्रमाणित हुने पक्का छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts