काठमाडौं । यही कात्तिक ३० गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ । चलचित्र निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै अर्को नयाँ प्रदर्शन मिति सार्वजनिक नभएसम्म रिलिज स्थगित गरेको जनाएको हो ।
नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रमुख भूमिकामा अभिनय रहेको यो चलचित्रमा दीपेन्द्र गौचनको निर्देशन छ । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका हुनुहुन्छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको यो चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सहकार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको चलचित्रको वितरक एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्ट छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा