काठमाडौं । कामना सेवा विकास बैंकले १८औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना गरेको छ । धार्मिकस्थलको महत्वलाई ध्यानमा राख्दै बैंकले मन्दिरहरू सरसफाइ र संरक्षणका लागि देशव्यापीरूपमा मठमन्दिर, पार्क सरसफाइ साथै डस्टबिन हस्तान्तरण गरेको छ ।
सांस्कृतिक र धार्मिक धरोहरको संरक्षण गर्नु हाम्रो कर्तव्य हो भन्दै बैंकले विभिन्न मन्दिर क्षेत्रको बाहृय सफाइ तथा मन्दिर परिसरमा भएका अव्यवस्थित वस्तु हटाउने कार्य गरेको हो । उक्त कार्यक्रममा बैंकका विभागीय प्रमुख, क्षेत्रीय प्रमुख तथा कर्मचारीको उपस्थिति थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts