काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरबीच सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौतासँगै सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले लेमन ट्री प्रिमियरमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यम प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts