
काठमाडौं । बालसाहित्यमा कलम चलाउँदै आउनुभएकी सिर्जना राईको कृति ‘सांकेनको खुलदुली’लाई पुरस्कार घोषणा गरिएको छ । कोपिला किताबबाट प्रकाशित पुस्तक ‘सांकेनको खुलदुली’ २०७९ सालको नेपाल बालसाहित्य समाजले सर्वोत्कृष्ट बालपुस्तक लेखन पुरस्कार घोषणा गरेको हो ।
गीति लेखनमा समेत आफूलाई संलग्न गराउँदै आउनुभएकी खोटाङकी स्रष्टा सिर्जनाले आफ्नै शब्द, संगीत र स्वरमा लोकप्रिय गायक राजेशपायल राईसँग आफैंले स्वर भरिसक्नुभएको छ ।
दिप्लुङ १ केराबारी, जन्तेढुंगा ६ मा बुबा टेकबहादुर र आमा इन्द्रकुमारी राईका चार सन्तानमध्येकी कान्छी सिर्जना विभिन्न संघसंस्थामा आबद्ध रहेर समाजसेवामा समेत सक्रिय हुनुहुन्छ । उहाँले साहित्यका विभिन्न विधामा आफूलाई संलग्न गराउँदै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच