गुल्मी । रिडर्स पब्लिक हाइ स्कुल तम्घास गुल्मीले २९ औं वार्षिकोत्सव मनाएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका–८ खानिगाउँ तम्घासमा अवस्थित यस विद्यालयले विविध कार्यक्रमको आयोजना गरि २९ औं वार्षिकोत्सव मनाएको हो । विद्यालयका कार्यकारी अध्यक्ष तथा संस्थापक प्रिन्सिपल श्रीप्रसाद भलामीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनी रहनुभएको थियो ।
वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि मरासिनीले निजि क्षेत्रबाट सञ्चालन गरिएका विद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । यस विद्यालय तम्घास क्षेत्रमा अंग्रेजी शिक्षा भित्र्याउने अग्रणी विद्यालयको रुपमा रहेको समेत बताउनुभयो । सोही विद्यालयबाट उत्पादन भएका जनशक्ति देशका अग्रणी क्षेत्रमा सेवारत रहेका बताउँदै निजि क्षेत्रबाट सञ्चालित जिल्लामै गुणस्तरीय शिक्षा प्रदान गर्ने ख्याति प्राप्त यस विद्यालयको रुपमा छवि बनाएको बताउनुभयो ।
सोही अवसरमा रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवाली, रेसुङ्गा नगरपालिका वडा नम्बर–८ का वडाअध्यक्ष निरञ्जन काउछा, शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका रामप्रसाद पन्थी, सोही विद्यालयका सहयोगी तथा विद्यालय सहयोग समितिका संयोजक शेरबहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष देवराज पन्थी, लगायतको आतिथ्यता रहेको थियो । वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएका विभिन्न विधाका खेलहरुमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
त्यस विद्यालयका २५० जना विद्यार्थीहरुेल राइम्स तथा नृत्यमा भाग लिएका थिए । साथै विद्यार्थीहरुद्वारा समयसामयिक विषयमा नाटक प्रस्तुत गरिएको थियो । भने विद्यार्थी सौगात घिमिरेले स्थानीय सामग्री प्रयोग गरी आफैले निर्माण गर्नुभएको रोबर्ट प्रस्तुत गर्नुभएको थियो । त्यस विद्यालयका भ्वाइस प्रिन्सिपल टिका भलामीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक पुष्कर खड्काले गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts