
काठमाडौं । ठंगरम इन्टरनेसनल एकेडेमी (टिआईए)को आयोजनामा टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज, गल्र्स र स्टाफ गरी तीन विधा समावेश गरिएको छ । सियिनर ब्वाइज र गल्स फुल कोर्ट तथा स्टाफतर्फ भने थ्री बाई थ्रीमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
बूढानीलकण्ठ नगरपालिका-७ हात्तीगौँडास्थित टीआइएकै कोर्टमा हुने प्रतियोगितामा सियनर ब्वाइज र गल्र्समा समान १६ तथा स्टाफमा १२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क चार हजार ५०० रुपैयाँ तोकिएको थियो ।
प्रतियोगितामा शीर्ष तीनस्थान हासिल गर्नेले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट चार लाख ५० हजार रहको आयोजकको अनुमान छ । टीआईएका प्रधानाध्यापक उत्ताराज थापाले विद्यालयबीचको आपसी सम्बन्ध मजबुद होस् र खेलाडीको क्षमतामा वृद्धि होस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच