दैलेख । दैलेख बाट सुर्खेत जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको छ ।
कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दैलेख बजारबाट सुर्खेततर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी ले जनाएको छ ।
प्रहरीका अनुसार भिरालो ठाउँमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भइरहेको छ । घाइतेहरूलाई प्रदेश अस्पताल पठाइएको छ ।
गाडीमा ३० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता