काठमाडौं । यही कात्तिक ३० गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’को छायांकन सुरु भएको छ । इन्दिरा जोशी र करण परियारको स्वर, करुण थापाको शब्द र संगीत रहेको गीतको बुधबारदेखि ललितपुरको चापागाउँ आसपास छायांकन भइरहेको हो ।
गीतमा चलचित्रका प्रमुख कलाकारद्वय नाजिर हुसेन र सृष्टि श्रेष्ठको अभिनय छ । मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको रोमान्टिक फ्लेभरको गीतको बिहीबारसम्म छायांकन हुने निर्माणपक्षले जनाएको छ ।ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको यो चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो ।
चलचित्रमा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उहाँले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गर्नुभएको थियो । दीपेन्द्रकै निर्माण रहेको यो चलचित्रमा उहाँकै स्क्रिप्ट लेखन छ ।
चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णलगायत कलाकारको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।
म्युजिक नेपाल डिजिटल पार्टनर रहेको यो चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।







Breaking news with related posts