सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा नेपाली काग्रेस प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति सर्लाही क्षेत्र नम्बर २ ले छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी क्षेत्रिय कार्यसमिति क्षेत्र नम्बर २ ले शुभकामना आदान–प्रदानसंगै पार्टीका पुराना एवं वरिष्ठ नेताहरुलाई सम्मान तथा कदर पत्र समेत प्रदान गरेको हाे ।
प्रजातन्त्र सेनानी तथा नेपाल किसान संगठनका पुर्व केन्द्रीय अध्यक्ष बासुदेव शरण कोइरालाले वि.पि कोइराला एवं नेपाली कांग्रेस सर्लाहीका धरोहर नेता स्व.रामहरि जोशीको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति तथा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काँग्रेस सर्लाहीका पुर्व सभापति लक्ष्मण राय, कौडेना गाउँपालिका प्रमुख रुपेश कुमार, विष्णु गाउँपालिकाका प्रमुख जवाहर राय, कबिलासी नगरपालिका उपप्रमुख पुनम कर्ण, विभिन्न भातृ संगठनका प्रतिनिधिहरु लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका अधिकांश वक्ताहरुले पार्टी प्रति इमान्दार रहेर गुटबन्दीको राजनीति नगर्न सुझाव दिएका थिए । पार्टी भित्र भ्रष्टाचारीहरु हावी भएकोले त्यस्ता भ्रष्टाचारीहरुलाई निरुत्साहित गरेर अगाडी बढ्न उनीहरूलेसुझाव दिएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसको प्रजातान्त्रिक मुल्य मान्यतालाई आत्मसाथ गरेर आफ्नो सारा जीवन पार्टी प्रति समर्पित गर्नु भएका १० जना नेताहरुलाई सम्मान गरीएको थियो । प्रजातन्त्र सेनानी कोइराला, लक्ष्मण राय, घनश्याम ढुंगेल, भिखारी मंसुर, सुशील शर्मा, सत्यदेव सिंह दनुवार, महेन्द्र साह, ब्रम्हनारायण चौधरी, अशोक खनाल र रामचन्द्र चौधरीलाई पार्टीको चुनाव चिन्ह अंकित नेपाली टोपीका साथ दोसल्ला ओढाएर कदरपत्र प्रदान गरि सम्मानित गरिएको थियो । उहाँहरु वि.पी को साथमा रहेर प्रजातान्त्र प्राप्तिको लागि जनआन्दोलनमा लागेका नेताहरु हुन् ।
सोही अवसरमा विभिन्न राजनीतिक पार्टी परित्याग गरि देवेन्द्र यादवको अगुवाइमा ५० जना नेताहरु काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेसी सबै जनालाई प्रमुख अतिथि कोइराला र क्षेत्रिय सभापति रायले टीका तथा माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा जिल्ला कार्यसमिति सर्लाहीका उप-सभापति नवीन अधिकारी, क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति हरि लुंगेली, क्षेत्र नम्बर १ र २ का महाधिवेशन प्रतिनिधि लगायत सयौ काग्रेंस नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन महासमिति सदस्य योगराज देवकोटाले गरेका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts