रोल्पा । रोल्पामा गाउँपालिकाले किसानलाई धान थ्रेसिङ गर्न निशुल्क थ्रेसरको सुबिधा उपलब्ध गराएको छ । रोल्पाको रुन्टिगढि गाउँपालिकाले पहिलो पटक पालिका भित्रका किसानहरुलाई धान थ्रेसिङ गर्न गाउँमै निशुल्क थ्रेसरको सुबिधा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष जनक पुनले बताउनु भएको छ।
अध्यक्ष पुनकाअनुसार पालिकाको नीति तथा कार्यक्रम अनुसार आवस्यक बजेटको बिनियोजन गरि यस प्रकारको कार्यक्रम सन्चालन गरेको बताउदै खेतीको सिजनमा पालिका भित्र रहेका नौ वटा वडाहरुमा रहेका सम्पुर्ण किसानहरुको गाउँवस्तिमा थ्रेसरले निशुल्क रूपमा धान थ्रेसिङ सुबिधा उपलब्ध गराउने र यो सुबिधा धानका अलावा गहुँ तथा जौ खेतीमा समेत दिइने छ ।
यस कार्यक्रमलाई आफ्नो कार्यकाल भरी निरन्तरता दिने र यो सुबिधा बाट पालिका भित्रका सबै किसानहरुलाई प्रत्यक्ष रूपमा राहत हुने उहाँले बताउनु भयाे । गाउँपालिकाले गाउँबस्तीमै निशुल्क रूपमा धान थ्रेसिङ्का लागि थ्रेसरको सुबिधा उपलब्ध गराउँदा बर्षाैं देखिको झन्झटिलो र खर्चिलो रूपमा धान दाउने समस्या बाट छुटकारा पाएकोमा किसानहरुले खुशी व्यक्त गरेकाछन् । पालिकाको यस प्रकारको कार्यले आफुहरुको समय र पैसाको समेत बचत हुने हुँदा आफुहरुलाई ठुलो राहत भएको किसालहरुकाे भनाई छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts