नवलपरासी । प्रतिनिधि सभा सदस्य सरिता भुसालले नेपाल भाषा, कला, संस्कृति र सभ्यतामा धनी राष्ट्र भएको बताउनु भएकाे छ ।
११६ औं लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा बोल्दै भुसालले नेपाल बहुजाती बहु भाषा विभिन्न जात जातीको फूलवारी रहेको पनि बताउनु भयाे।
नेपाल भूगोल र जनसंख्याको आधारमा सानो भए पनि भाषा, कला र संस्कृति ठुलो मुलुक रहेको उहाँकाे भनाइ थियाे । 'नेपाली पन र नेपाली कला भाषा, संस्कृति र सभ्यतामा धनी छौं यसको सरक्षण र जगेर्ना गर्न सके राष्ट्रको बिकास गर्न सकिन्छ ।' उहाँले भन्नुभयो ।
बर्दघाट प्रज्ञा प्रतिस्ठान र बर्दघाट साहित्य समाजको सयुक्त आयोजनामा गरिएको कार्यक्रममा लक्ष्मी प्रसाद देवकोटाको साहित्यिक क्षेत्रको योगदानको चर्चा गरिएको थियो ।
बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरले साहित्य क्षेत्रबाट बर्दघाटलाई चिनाउन बर्दघाट प्रज्ञा प्रतिष्ठान महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो । देवकोटाले साहित्यमा मात्र होइन, समाज सुधारको क्षेत्रमा पनि योगदान पुर्याएकाे नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाले शिक्षा र संस्कृतिका पक्षमा क्रियाशील रहँदै समाजमा परिवर्तन महत्त्वपूर्ण भूमिका खेलेको श्रेष्ठको भनाइ थियाे ।
त्यस्तै देवकोटा अहिले हामी माझ नभए पनि उहाँ योगदानले नेपाली साहित्यलाई विश्वभर परिचित गराएको नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भयो । उहाको साहित्य क्षेत्रको योगदानले अजर र अमर बनाइरहेका उल्लेख गर्नु भयो ।
कार्यक्रममा मदन बिष्ट, बिश्वराज भट्टराई, लक्ष्मी बर्तौला, बिनोद चौधरी लगायतले रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रममा बर्दघाट प्रज्ञा प्रतिस्ठानका सदस्य प्रकाश न्यौपानेले धन्यवाद व्यत्त गर्नुभएाे कार्यक्रमकाे बर्दघाट साहित्य समाजका अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षता, बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव शरद पौड्यालले सञ्चालन गर्नुभएकाे थियाे ।
कार्यक्रमकाे स्वागत भने दिपप्रकाश लोहनीले गर्नु भएको थियो । देवकोटाको लेखनमा सामाजिक न्याय, राष्ट्रप्रेम, मानवीयता, र आत्मचिन्तनजस्ता विषय गहिराइ पूर्वक देखिने कार्यक्रममा चर्चा गरिएको छ । देवकोटाका रचनामा समाजमा व्याप्त गरिबी, माया र बिछोडको कथालाई सरल र सहज रूपमा प्रस्तुत गरेका छन् । साथै, देवकोटाका अन्य महत्त्वपूर्ण रचनाहरूमा शाकुन्तल, सुलोचना, पागल, र यात्री जस्ता कविता र निबन्ध पनि सामेल छन्।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts