कर्णालीमा मानव सेवा आश्रमको भवन निर्माण गर्न रु एक करोड विनियोजन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

कर्णाली । मानव सेवा आश्रमले सुरु गरेको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा’का क्रममा एक सय ४४ सहयोगापेक्षी सडक मानवको उद्धार गरेको छ ।

कर्णाली प्रदेश सरकारद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले उद्धार यात्राको १७औँ दिनसम्म एक सय नौ पुरुष, ३२ महिला र तीन बालबालिका सडकबाट उद्धार गरिएको जानकारी दिनुभयो । विसं २०८२ सम्म नेपाललाई सडक मानवमुक्त देश घोषणा गर्ने लक्ष्य लिएर उद्धार यात्रा थालिएको जनाउँदै उहाँले कोही कसैलाई सडक मानव र बेसहारा हुन नदिने राष्ट्रिय सङ्कल्पको आधार तयार गर्न यो पटक पनि यात्रा जारी राखिएको जनाउनुभयो ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “यो चौथो मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा हो । अघिल्लो वर्ष तीन सय चारजना सहयोगापेक्षी सडक मानवको उद्धार भएको थियो ।” पूर्व-पश्चिममा सहयोगापेक्ष सडक मानवको अवस्था सडक मानवमुक्त प्रदेशका रुपमा घोषित कर्णालीमा मानव सेवा आश्रमको भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेकोप्रति उहाँले प्रदेश सरकारलाई उहाँले धन्यवादज्ञापन गर्नुभयो ।

ADVERTISEMENT

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानवता प्रवद्र्धनका लागि थालिएको पुण्य काममा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । “दिन लगाएर गर्ने कामभन्दा मन लगाएर गरिएका काम सफल हुन्छ,” उहाँले भन्नुभयो, “हामी ठीक हुँदा देश नै ठीक हुन्छ । आफूभित्रको मानवता प्रकट गरेर समाजमा उदाहरणीय काम गरौँ । ऊँ कैलाश, कर्णाली र कर्मप्रति सङ्कल्पित हौँ ।”

राष्ट्रिय गायिक आनीछोइङ डोल्माले करुणा शक्तिबाट मात्र सेवा भाव प्रकट हुने बताउनुभयो । मानव सेवा आश्रमले थालेको काममा कर्णाली प्रदेश सरकारले महत्वपूर्ण सहयोग गरेको भन्दै तिहारको बेलामा पनि मानव सेवामा समर्पित आश्रमका साधक साधकीहरुको उच्च प्रशंसा गर्दै सेवा भावबाट गरिएका कामले मात्र पुण्य कमाउन सकिने जिकिर गर्नुभयो ।

अध्यक्ष अधिकारीका अनुसार यात्राको सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले व्यहोरेको छ । कार्यक्रममा कर्णाली प्रदेश सरकारका निमित्त सचिव आनन्द सारु, आन्तरिक मामिला सचिव पुष्पराज शाही, सामाजिक विकास सचिव दीर्घबहादुर पोखरेलसहितको सहभागिता रहेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *