दाङ । तुलसीपुरवाट अमेलिया तर्फ जाँदै गरेको कार भञ्ज्याङको मोडवाट खस्दा एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका-६ का ४५ बर्षीय कर्णबहादुर थापालाई लमही अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । कारमा सवार मध्य तुलसीपुर-७ झुमरेका ३३ बर्षीय पूर्णबहादुर खत्री गम्भीर घाइते भएका छन् । उनको पनि लमही अस्पतालमा उपचार भइ रहेको छ ।
राप्ती राजमार्गअन्तर्गत तुलसीपुरवाट अमेलिया तर्फ जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार लमही नगरपालिका-९ स्थित भञ्ज्याङको अम्राई खोला नजिकबाट बुधबार बिहान कार खसेको थियो । इलाका प्रहरी कार्यालय अमेलियावाट प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले आँफुहरु घटनास्थलमा समयमै पुगेर उद्धार गरेको भएपनि एम्बुलेन्स नपाएर तुलसीपुरवाट मगाउनु पर्दा घाइतेलाई अस्पताल पुर्याउन ढिलाइ भएको बताउनु भयाे । घटनास्थल अमेलिया चोकदेखि ७ किलो मिटर उत्तर पर्छ ।
दुर्घटना पछि घटनास्थल पुगेका प्रहरी पोष्ट दमारगाउँका प्रमुख असई आनन्द हितालले तीब्र गतिके अनियन्त्रित भइ सुरुमा पहाडको भित्तामा ठोकेर भिरवाट झन्डै दुई सय ५० मिटर तल खसेको जानकारी दिनुभयो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच