म्याग्दीमा राति साढे १० बजेपछि देउसी भैलो निषेध : तोकेर पैसा मागे कारवाही हुने

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्ला सदरमुकाम बेनी बजार लगाएत ग्रामीण क्षेत्रहरुमा राति साढे १० बजेपछि देउसी भैलो खेल्न निषेध गरेको छ ।

नेपालीको महान् चाड तिहारलाई हर्षोल्लास, भव्य, मर्यादित र अनुशासित तरिकाले मनाउन प्रशासनले सूचनाजारी गरेको छ। देउसी भैलो, नाचगान तथा सांस्कृतिक कार्यक्रम गर्ने समयसिमा तोकिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालद्धारा जारी सूचनामा उल्लेख छ । .

रातको समयमा देउसीभैलोको बहानामा उच्छृखल गतिविधि हुनसक्ने भएकालेचाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत समयसीमा तोकिएको भन्दा बढी समय खेलेमा कानुनी कारवाही समेत गरिने प्रजिअ ढकालको भनाई छ ।

ADVERTISEMENT

कानुनले बर्जित गरेको गतिविधिमा संलग्न भएमा तत्काल प्रहरीमा जानकारी दिन समेत अनुरोध गरिएको छ । देउसी भैलोमा तोकेरै पैसा असुल्ने गतिविधिलाई रोक्न आफ्नो इच्छा अनुसार दान दिनुपर्ने, मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल नपुर्याउन समेत अपिल गरिएको छ ।

जिल्लाभित्र चाडपर्वमा ठूलो आर्थिक चलखेल सहित जुवातासको खेलप्रति प्रहरीले साधा पोशाकमा समेत खटाएर समेत निगरानी बढाएको जनाएको छ। जुवातास, कौडा खेल्ने खेलाउनेलाई कारवाही गर्न तिहारलाई लक्षित गरी मोवाइल गस्तीसहितको चाडपर्व सुरक्षा योजनालाई समेत प्रभावकारी लागु गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज